Connect with us
Advertisement

समीक्षा अधिकारी भन्छिन्– मायाको नाटक गर्ने बलात्कारी छन्

Published

on

गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले दुई प्रकारका बलात्कारीको टिप्पणी गरेकी छन् ।

‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् , २. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ’गायिका अधिकारी भन्छिन्, ‘यी दुवै फाँसीका लायक छन् ।’

उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेकी छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

Published

on

By

नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।

रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।

रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।

कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।

Continue Reading

Banner

नेपाल आइडलका किरण भुजेलको  ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा

Published

on

By

‘तिमी सुस्तरी छेउ आइदेउन’ भन्दै आए  किरण  र ममता

नागेन्द्र श्रेष्ठको अर्को शसक्त प्रस्तुती ‘तिमी सुस्तरी छेउ आइदेउन’

नागेन्द्रको तिमी सुस्तरी छेउ आइदेउनमा किरण, ललना, सम्राट र प्रिन्सिखा

 

नेपाल आइडलका किरण भुजेलको  ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा

काठमाडौं  : नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्। नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन्। गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।

दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो। केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठ फिचर्ड छन्। विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन्।

Continue Reading

मनोरन्जन

गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग भनाभन भएको घटनामा आत्मालोचना गरेकी छन् ।

Published

on

By

गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग भनाभन भएको घटनामा आत्मालोचना गरेकी छन् । घटनालाई लिएर साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाएपछि चौहानले माफी मागेकी हुन् ।
 
साउण्ड सिस्टम व्यवसायीले चौहानका कुनैपनि कार्यक्रममा उपकरण उपलब्ध नगराउने चेतावनी दिएपछि उनले शनिबार फेसबुकमार्फत माफी मागेकी हुन् । उक्त घटनामा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले उल्लेख गरेकी छन् ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending