Connect with us
Advertisement

जीवन बिताउने सहयात्री छान्दा स्वार्थभन्दा माथि रहनुस्

Published

on

जीवन बिताउने सहयात्री छान्दा स्वार्थभन्दा माथि रहनुस्

मधु छेत्रीको केसमा ठ्याकै यस्तै भए जस्तो – सरोज कतारको एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजरको पदमा काम गर्छन्। हेर्दा मान्छे पनि राम्रो, आनी-बानी व्यवहारमा एकदम उत्कृष्ट। उनी किसानका छोरा हुन्। आर्थिक अवस्था खासै राम्रो नभएकाले खाडी जानु उनको बाध्यता हो।

कमर्समा स्नातक गरेका उनी नेपालमा भविष्य देख्दैनन्, अनि आफ्ना ती डिग्रीका कागज लिएर र हरियो पासपोर्ट बोक्दै म्यानपावर धाउँछन्। घुम्दै जाने क्रममा सुपरभाइजर पोस्टको लागि इन्टरभ्यू पास गर्छन्। म्यानपावरमा २२०० कतारी तलबको लागि रू. ३ लाख २० हजार तिरेर २ वर्षका लागि कतार उड्छन् ।

समय बितेको पत्तै नहुने रहेछ। कति चाँडो बितेछ २ वर्ष पनि। त्यसपछि फेरि कतारको भिसा पुन दुई वर्षका लागि थप्छन्। सोही बीचमा विवाह गर्ने सोच राखेर नेपाल फर्किन्छन् कम्पनीबाट १ महिनाको छुट्टी मिलाएर। सरोज आउनुभन्दा पहिले नै केटाकेटीको कुरा चलिसकेको थियो। सरोज आउनसाथ केटी पक्षका केही मान्छेहरू केटाको घर हेर्न भनेर आउँछन्।
सबै कुरा विस्तारमा गरेपछि, केटी पक्षले केटी हेर्नेको लागि दुई दिनपछि आउन निम्तो दिएर बिदा हुन्छन्।

सरोजको परिवार पनि वरमालाको तयारी गरेर सरोज, उसको बाबालाई लिएर केटी (रमा) को घरमा पुग्छन्। रमाले उनीहरूलाई स्वागत गर्छिन् र बैठक कोठामा लगेर जान्छिन्। उनीहरू कुरा गर्दै गर्छन्। रमा चिया बनाउन भान्सामा पस्छिन्। कुरा चल्दै गर्दा हल्का लजाउँदै, डराउँदै रमा पनि चिया लिएर पुग्छिन्। सबैलाई चिया दिन्छिन्। रमाको बाबा-आमाले केटा पहिले नै मन पराइसकेको हुनाले केटाकेटीलाई कुराकानी गर्न भनेर समय दिन्छन्।
केटाकेटी दुवै केही समयको वार्तालापपछि एक अर्कालाई मन पराउँछन्। केटा-केटीको चिना पहिले नै हेरिसकेका हुनाले सोही दिनै स्वयंवर हुन्छ। केटा पक्षकाले १० दिनपछि बिहे गर्ने भनेर केटी पक्षकोमा निधो गरेर जान्छन्।

यता केटा पक्ष विवाहको बन्दोबस्तोमा लाग्छन्। त्यतिकैमा केटीको घरमा एक जना युरोप बस्ने पिआर वाला केटा केटी माग्न भनेर रमाको घरमा पुग्छन्।
रमाको आमा-बा सल्लाह गर्छन्। ‘यो केटासँग हाम्री छोरी दिन पाए त, आहा! हाम्री छोरीले पनि सख पाउँछे, युरोप जान पाउँछे, यो केटा त पिआर हेल्डर हो नि! हाम्री छोरी पनि युरोप पुग्छिन् अनि हामी पनि छोरीसँग युरोप घुम्न जान पाइन्छ’ भन्दै भलाकुसारी उनीहरू पिआर र धनको प्रलोभनमा पर्छन्। उनीहरूले वाचा फेरेर त्यही पिआर वालालाई छोरी दिन्छन्। छोरी पनि मख्ख हुन्छिन्। उनीहरूले सरोजलाई आफ्नो छोरी दिएको कुरालाई मनन नै गर्दैनन्।
सुनिल पनि उता बिहेको तयारीमा लाग्छन्। यता रमाको बाउ-आमाले बहाना गरेर छोरीको बिहे अहिले गर्न नमिल्ने भयो भनेर सरोजका बुवालाई फोन गर्छन्। रमा र सरोजको बाउको घम्साघम्सी झगडा पर्छ फोनमै।

त्यतिकैमा सरोज र उसकी आमा पनि आउँछन् सबै कुरा सुन्छन् त्यतिकै फोन काट्छन्। रमाको बाउले र उसको नम्बर ब्लकलिस्टमा राख्छन्। बिहेको अन्तिम घडीमा रमाको बुवाले यस्तो कुरा गर्दा सरोजको परिवार छाँगाबाट खसेझैं हुन्छ। सरोजका बुवाले बदला लिने भन्दै रमाको घरमा जान खोज्छन्। तर सरोजले जसोतसो गरेर रोक्छ।

भोलिपल्ट बिहानै सरोज र उसको बुवा केटीको घर पुग्छन् अनि भन्छन् ‘के भयो र हजुर? किन कुरा परिवर्तन गर्नु भयो? के देख्नु भयो हामीमा? त्यस्तो केही कुरा भए जानकारी पाऊँ न? नत्र हिजो कुन मुखले बोल्नुभएको थियो? अन्न खाएको मुखले बोल्नु भएको थियो कि अरू नै केही खाएको मुखले बोल्नु भएको थियो? तपाईंकी छोरी कहाँ छिन् आजै लिएर जान्छौं। केटीको बुवाले रमालाई अगाडि नै मावल पठाएका हुन्छन्।
‘रमा तपाईंहरूलाई दिएदेखि घरमा छैनन्, माफी पाऊँ हजुर अस्ति दिएको सबै कुरा फिर्ता गर्छु, छोरीले बिहे गर्न मन गरेकी छैन, उसलाई मन छैन भने, कसरी हामीले उसलाई तपाईंको हातमा सुम्पिनु?’ भन्छन् रमाको बुवाले।

अनि सरोजले भन्छ- मन थिएन भने पहिले नै भनेको भए भैहाल्थ्यो नि, किन हुन्छ भनेर वचन दिएकी त उनले? के तपाईंकी छोरी मानसिक रोगी छन् कि क्याहो? अहिले उनी कहाँ छिन्? उनीसँग म कुरा गर्छु।
तर केटीको अत्तोपत्तो नभएपछि रिसाउै बुवालाई लिएर सरोज घर फर्किन्छ। घर पुगेर बाबा-आमालाई भन्छ- जे जे हुनु भैगो छाडिदिम्, अब मेरो बिदा पनि धेरै छैन, हामी केही दिनको लागि घुम्न जाऔं काठमाडौं।

बाबा-आमाले पनि हुन्छ भनेर बचन दिन्छन्। केही दिनमा सबै परिवार घुम्न भनेर काठमाडौं जान्छन्। छोराले सबै ठाउँमा घुमाउँछ। ३-४ दिन सम्ममा, त्यसपछि गाउँ फर्किन्छन्। केही दिनमा रमाको बिहे पिआर वालासँग हुन्छ। त्यसको ३-४ दिनपछि सरोज आमा- बाबालाई गाउँमा छाडेर विदेश फर्किन्छ।
यता रमा पनि बिहे गरेर सुनिलसँग नेपालको प्रख्यात ठाउँ सबै घुम्न जान्छन्, कहिले हनिमुन भन्दै पोखरा जान्छन् त कहिले विविध मन्दिर धाउँछन्। एक/डेढ महिनापछि युरोप जान्छिन्। १-२ हप्ता घुम्छन् युरोपमा पनि, उनीहरूसँग पैसा सकिन लागेपछि रमा क्लिनर काम खोजेर काम गर्न जान्छिन्। सुनिल पहिलेको कम्पनी मा ड्रिसवासमा अर्थात भाँडा माझ्ने काम गर्न जान्छन्।बल्ल रमालाई थाहा हुन्छ, आफ्नो बुढाको हैसियत। दुवै व्यस्त हुन्छन् लोग्ने र स्वास्नीको भेट पनि महिनामा एकदिन हुन्छ, किनकी सुनिल त्यही कम्पनीले उपलब्ध गराएको कामदार राख्ने डिपार्टमेन्टमै बस्छ।

रमा भने सेयरिङमा बस्छिन्। सुत्ने कोठा चाहिँ दुई वटा भएको र किचेन चाहिँ कमन हुन्छ। सुनिल महिनामा एक पटक भेट्न भने आउँछ। त्यही पनि जहिल्यै टन्न बियर खाएर मातेर। उल्टै गाली गर्न थाल्छन्। रमालाई पनि रिस उठछ, ‘तँ जड्याहा पनि कुन चाहिँ गतिलो होस् र? तेरो नि परिवार पनि त कहाँ र के गतिलो छ र?’ त्यति भन्नासाथ सुनिलले रमालाई पिट्न थाल्छ।
पिटाइ खाएर अनुहार जताततै सुन्निएको हुन्छ। त्यतिकैमा दुवै अलग अलग सुत्छन्। भोलिपल्ट बिहानै, सुनिल उठेर फेरि काममा जान्छ। रमा रूँदै बस्छिन्, त्यही देशमा रहेकी आफ्नी साथीलाई बोलाउँछिन् र हस्पिटल जान्छिन्, चेकअप गरेर औषधि लिएर साथीकै रूममा फर्कन्छिन्, उनले आफ्नो आमा र घरमा नभन्नु भन्दै सबै समस्या र गुनासोको नालीबेली आफ्नी साथीलाई सुनाउँछिन्। रमाकी साथीले कसम खादै भन्छिन्- सुनाउँदिनँ हो सुनाउँदिनँ।

यता सरोज पनि एउटा योग्य व्यक्ति भएकोले खाडी भए पनि कुर्चीमा बसेर महिनाको १.५ लाख कमाउँछ। गएको १ वर्षपछि बिहे गर्न भनेर नेपाल आउँछ। साधारण तर मेहनती अनि पढाइमा पनि मास्टर गरेकी विद्यालय पढाउने अनुसँग बिहे गर्छ।
बिहे गरेको केही समयमा उनी गर्भवती हुन्छिन्। सरोज पनि अनुलाई बुबा-आमासँग छाडेर विदेश जान्छ। अनुले पनि घर र माइती दुवैलाई मिलाएर राखेकी छन्। सामाजिक कार्यमा पनि उनी गाउँकै अग्रस्थानमा छिन्। सबैले उनलाई माया र सम्मान गर्छन्। केही महिनापछि उनले जुम्ल्याहा बच्चा जन्माउँछिन् १ छोरा र १ छोरी। त्यसपछि उनले लोक सेवा आयोग पनि भिड्दै आएकोमा यस पल्ट उनको नायब सुब्बामा नाम निक्लिन्छ।
सबैतिर खुसीयाली छाउँदै गएको छ। उनी घरकी बुहारी भए पनि छोरी जस्तै बनेर बसेकी छन्। भाग्यवश उनी आफ्नै गाउँपालिकाको सुब्बा भएर आएकी छन्। छोरो-छोरीलाई पनि राम्रै बोर्डिङ स्कुलमा हालेका छन्। सरोज पनि बेला बेला आइरहन्छन्, घर र ससुराली दुवैमा उनलाई अति माया गर्छन् भने समाजका मान्छेहरूले पनि सम्मान गर्छन्। उनी सहयोगी पनि छन् दिनदुःखीको सहयोगमा कुनै कञ्जुस्याइँ गर्दैनन्।

अर्कोतिर रमा र सुनिलको सम्बन्ध चिसिँदै गएको छ। पहिलेको गल्तीलाई रमाले लोग्ने स्वास्नी झगडा परालको आगो सम्झिन्छिन्। केही दिन मिल्छन्, त्यसको ३-४ महिनापछि फेरि झगडा पर्छ। सुनिल नसुध्रिएपछि अब चाहिँ उनीहरू डिभोर्स गर्ने कुरा गर्छन्। रमाले वकिललाई डिभोर्सको पत्र लेखाउन लगाउछिन् त्यो निवेदन प्रतिनिधि पात्र बनाए डिभोर्सको निवेदन अदालतसम्म पुग्छ। यो कुरा सुनिलले थाहा पाउँछ तर उनले पनि त्यसलाई खासै मतलब राख्दैन झन् सुनिल दैनिक जसो रक्सीमा मस्त हुन्छन्। रमा पनि साथीको लहैलहैमा लागेर मदिरा पिउनेसम्म पुगेकी छन्। यो कुरा रमाको परिवार थाहा भएको दिनदेखि उनीहरूको चेत खुलेको छ। अहिले ‘न्याउरी मारी पछुतो भएको छ’। ‘रमाको जीवनमा हामीले पनि कत्रो ठूलो गल्ती गर्यौं, पिआरको पछि लागेर आफ्नै छोरीलाई बिगार्यौं। त्यो सरोज त अहिले सानदार जीवन बिताइरहेको छ। हाम्री छोरी नर्कमा गई दु:ख पाई अहिले’, रमाको बुवाआमाले आपसमा कुरा गर्छन्।
सुनिल र रमा सम्बन्ध विच्छेदको जस्तै छ। बोलचालदेखि भेटघाट पनि केही छैन। १० दिन काम गर्ने १० दिन मस्त रक्सी नसामा डुबेर बस्ने भएको छ। रमा पनि फ्रस्टेड भएर बसेको थाहा पाएर उसका बाबा- आमाले नेपाल झिकाएका छन्। सुनिल भने उतै छन् उसको बुबा-आमा बितिसकेकाले दाजुभाइलाई पनि खासै वास्ता नभएकोले कमाउने खानेमा व्यस्त छन्। एउटा विवाह जसले कसैलाई असल मान्छे बनायो त्यही विवाह जसले कसैको जिन्दगी नै बर्बादीमा पुर्यायो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending