Connect with us
Advertisement

युरो फाइनल : निर्णायक हुन सक्ने पाँच मोड

Published

on

स्पेन र इंग्ल्यान्डबीच हुने युरो २०२४ को फाइनलका त्यस्ता पाँच मोड छन्, जसले नतिजा निर्धारण गर्नेछ । यसलाई फाइनलमा पाँच ‘ब्याटल ग्राउन्ड’ भन्दा पनि हुन्छ । यसमा जुन टिमले आफ्नो बलियो पेस गर्न सक्नेछ, त्यही टिमको पक्षमा जित जानेछ । यी सबै मोडका अलग विशेषता र महत्त्व पनि छ ।

केनविरुद्ध लापोर्टे

ह्यारी केनले केही ठूलो उपाधि जित्न गरिरहेको प्रतीक्षा असाध्यै पीडादायी छ । उत्तिकै लामो पनि । यही प्रतीक्षालाई आफ्नै ढंगले समाप्त पार्न सक्छन्, यदि उनले आफ्नो टिमलाई जितसम्म नेतृत्व गर्छन् भने । बायर्न म्युनिखका फरवार्ड केनले क्लबका लागि ४५ खेलमा ४४ गोल गरे । जर्मन भूमिमा यो उनको पहिलो सिजन थियो । उनले यही लय प्रतियोगितामा भने ठ्याक्कै देखाएका छैनन् ।

फेरि उनी अलिकति सुस्त देखिएका छन्, पूर्णतः फिट पनि छैनन् । तर उनले ३ गोल गरेका छन् । अझै गोल्डेन बुट अवार्डको प्रत्याशी रहेका छन् । इंग्लिस प्रिमियर लिगमा छँदा केनले स्पेनका आयमेरिक लापोर्टेको सामना गरेकै हुन् । टोटेनहमका लागि अहिलेसम्मकै उच्च प्रदर्शनकर्ता केनले सन् २०२२ म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट खेलेका थिए । त्यतिबेला लापोर्टे सिटीमा थिए । अहिले लापोर्टे साउदी अरेबियातिर खेल्छन् । केनको उद्देश्य हुनेछ, रक्षापंक्तिमा लापोर्टेको चुनौती काट्ने ।

‘विंग्स’विरुद्ध रक्षापंक्ति

स्पेनसँग ‘विंग्स’ बाट खेल्ने दुई माहिर खेलाडी छन् । दुवै युवा छन् । एक भए शनिबार १७ वर्ष लागेका लामिन यमल अनि अर्का निको विलियम्स । दुवैले स्पेनी आक्रमणलाई धारिलो बनाएका छन् । उनीहरूले आक्रमण बुन्दा विपक्षी टिमको रक्षापंक्तिमा प्वाल पर्ने गरेको छ । फेरि यो नै स्पेनी आक्रणमको मूल अस्त्र हो ।

यसको जवाफमा गारेथ साउथगेटले आफ्नो ‘विंग्स’ मै ल्युक श र बुकायो साकालाई उतार्न सक्छ । श दायाँ र साका बायाँ हुनेछन् । श आफैं लामो समयपछि चोटमुक्त भएर मैदानमा फर्केका हुन् । साका भने एक प्रकारले आक्रमणमै जोड दिने खेलाडी हुन् । यमल र विलियम्सलाई ठ्याक्कै रोक्ने काम भने केली वाल्करको हुनेछ ।

साकाविरुद्ध कुकुरेला

इंग्ल्यान्डका लागि बुकायो साकाले सायद दोहोरो भूमिका निभाउनुपर्नेछ, किनभने टिमको आक्रमणमा उनको पनि योगदान चाहिनेछ । आर्सनलका विङ्गर यी साकालाई रोक्ने प्रयासमा हुनेछन्, उनको छिमेकी क्लब चेल्सीका मार्क कुकुरेला । पछिल्ला केही सिजन लन्डन क्लबका लागि खासै केही गर्न नसके पनि स्पेनी टिम भनेपछि उनी राम्रो खेल्छन् ।

रोड्रीविरुद्ध बेलिङ्घम

अबको बालोन डी’अर अवार्ड कसले जित्नेछ भन्ने निर्णय रोड्रीविरुद्ध जुड बेलिङ्घमको घम्साघम्सीले गर्न सक्नेछ । स्पेन र म्यानचेस्टर सिटी दुवैका लागि रोड्री बलियो खम्बा साबित भएका छन् । विश्वास नहुन सक्छ, आफ्नो देश र क्लबका लागि उनले पछिल्ला ७९ खेलमध्ये एकैमा मात्र हार सामना गर्नुपरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending