Connect with us
Advertisement

अब सुधारवाद कि परिवर्तनवाद ?

Published

on

सुन्दा उस्तै-उस्तै लाग्ने शब्दहरूको प्राज्ञिक परिभाषा फरक हुने मात्रै होइन समय परिस्थिति अनुसार त्यसको प्रयोगले देश र नागरिकको भविष्यमा समेत दीर्घकालीन असर राख्दछ। तत् समयको समाज र राजनीतिलाई व्याख्या र आगामी बाटोलाई देखाउने सान्दर्भिक शब्दावलीको प्रयोग सो देशको प्राज्ञिक संस्था, राजनीति र सिङ्गो नागरिक समाजको गुणस्तर मापनको प्रमुख आधार पनि हो।

जस्तै एउटा उदाहरण हेरौं। संसारभर सन् १९९७ देखि २०१२ को बीच जन्मेका मानिसलाई जेन-जी पुस्ता भन्ने प्रचलन छ। विकसित देशहरूमा यो समयमा जन्मेका बालबालिकाहरूले १० वर्षको उमेरदेखि नै स्मार्ट फोनसँग खेलेर हुर्केको हुन्छन् र तिनीहरूलाई छुट्टै पुस्ताको रूपमा वर्गीकरण गरियो।

त्यही कालखण्डमा जन्मेका हाम्रा पहाड, हिमाल र तराईमा घाँसदाउरा, भारोपर्म, खेतीकिसानी गर्दै, आफ्ना भाइबहिनीलाई लालनपालन गर्दै, १५ वर्षको उमेरदेखि घरको मूल आम्दानीको स्रोतको रूपमा काम गर्दै हुर्केका हाम्रा प्यारा भाइबहिनी एवं हाम्रो देशका धरोहरहरूलाई यो उपनामले कति न्याय गर्छ ? सिधा प्रश्न “आरे दे अल्सो जेन-जी ?” खासमा हामी युवाका कुरा गर्दा कति प्रतिशतको बारेमा कुरा गरिरहेका हुन्छौं ?

राजनीतिमा त्यस्तै हुँदैछ। देशमा रहेका राजनीतिक विचार र समूहलाई आ-आफ्नै मर्जीले वर्गीकरण गर्ने, अरू सबै गलत र आफू मात्रै शुद्ध, पवित्र, ज्ञानी, क्षमतावान्, लोकतान्त्रिक, न्यायमूर्तिको रूपमा प्रस्तुत गर्नु अहिले नेपाली राजनीतिको फेसन नै बनेको छ। दुःखका साथ आत्मसात् गर्नुपर्दछ, हाम्रो राजनीतिमा लोकरिझ्याइँमा फसेको छ भन्ने प्रमुख आधार पनि हो।

विचारको धमिलो पानीको अहिलेको राजनीतिलाई अन्त्य गर्नुपर्दछ। त्यसको लागि कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिले आफू सुधारवादी हो कि परिवर्तनवादी हो स्पष्ट हुनु आवश्यक छ। त्यसका राजनीतिक आधारहरू प्रस्तुत गर्नु आवश्यक छ। र आफ्नो विचार न्यायोचित हुने राजनीतिक गतिविधिमा मात्र सहभागी हुने हिम्मत र राजनीतिक इमानदारी देखाउनु आवश्यक छ।

लामो समय नेपाली राजनीतिमा खासगरी २०४७ सालदेखि ‘अहिलेको व्यवस्थाप्रति हाम्रो पूर्ण समर्थन छैन तर अहिले हामीसँग यसलाई रणनीतिक रूपमा प्रयोग गर्नुको विकल्प पनि छैन’ भन्ने धारणा व्यक्त गर्नेहरू राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहिरहे। अपवाद बाहेकका समयमा उनीहरू नै नेपाली राजनीतिको संस्थापन रहे। रहर भन्दा पनि बाध्यताले सत्तामा गएको भाष्य मार्फत राजनीतिक प्रभुत्व मात्रै स्थापित गरिएन यसले नेपाली राजनीतिमा दीर्घकालीन नकारात्मक प्रभावहरू पर्‍यो र अहिले हामी त्यसको नतिजा भोगिरहेका छौं।

२०४७ देखि राजनीतिक सुधारको बहस नेपाली राजनीतिको चिन्तन, छलफल र प्रतिस्पर्धाको प्रधान विषय बन्न सकेन। बन्यो त केवल ऐच्छिक विषय। यसो बेला मौकामा त्यो पनि फुर्सदको समयमा चर्चा गर्ने विषयमा सीमित रह्यो। हाम्रो संसदीय व्यवस्था राष्ट्रपतीय जस्तै एक जना व्यक्ति वा प्रधानमन्त्री केन्द्रित भई सक्दा पनि हामीले संसदीय सर्वोच्चताको विषयमा छलफलसम्म पनि सुरुवात गर्न सकेका छैनौं।

अनुमानित राजस्व नउठ्नु, तर्जुमा भएको पूँजीगत बजेट खर्च हुन् नसक्नु एक दशकदेखिको नियमित घटना हुँदा पनि सरकार, सदन र राजनीतिक दलहरूले सुधारको प्रष्ट खाका प्रस्तुत गर्न सकिरहेका छैनन्। सार्वजनिक भन्ने शब्द प्रति आम मानिसको डरलाग्दो नकारात्मक धारणा विकास हुँदा पनि नागरिक र राज्यको विश्वास अभिवृद्धिमा कसैको ध्यान गएको देखिंदैन।

यस्ता अनगिन्ती विषयहरू छन् जसमा अर्थपूर्ण सुधार नगर्दासम्म अब कुनै पनि व्यवस्था प्रभावकारी सञ्चालन गर्न कठिन भइसकेको छ। सार्वभौम संसद्‌देखि सामुदायिक वनका समिति र उपभोक्ता समितिसम्म हामीले सुधार गर्नुपर्ने, क्षमता विकास गर्नुपर्ने, विधि, पद्धति र संस्कारमा रूपान्तरण गर्नुपर्ने तमाम विषयहरू हुँदाहुँदै पनि त्यसले स्थान पाउँदैन किनकि सत्तामा रहेका अधिकांश शासकहरूका लागि यो अन्तिम व्यवस्था होइन।

यहाँ प्रश्न उठ्छ, अन्य देशमा जस्तो नेपालमा सुधारवादी मात्रै भएर राजनीति गर्न कठिन हुने अवस्था कसरी सिर्जना भयो? पहिलो, पञ्चायती व्यवस्थाको विशेषता र त्यस पश्चात्‌को राजनीतिक घटनाक्रमहरूका कारण विचारमा आधारित राजनीतिक प्रतिस्पर्धा संस्थागत हुन नै सकेन।

डा. सन्जिब हुमागाईं नै एक पटक प्रश्न गर्ने बेला भएको छ : के हामीले ‘प्रब्लम सल्भिङ’ सिद्धान्त र विधिलाई कक्षाकोठाभित्र प्राथमिकता दिएका छौं ?

पञ्चायती व्यवस्था निर्दलीय थियो। अन्य देश जस्तै बंगलादेश, पाकिस्तानमा दलीय अधिनायकवादी व्यवस्था थियो। सामान्यतया लोकतन्त्रको स्थापना पश्चात् अधिनायकवादी शासन व्यवस्थामा सत्तामा रहेका दल दक्षिणपन्थी विचारमा आधारित रहे भने लोकतान्त्रिक दलहरू प्रगतिशील।

तर नेपालको हकमा पञ्चायती व्यवस्थामा सत्तामा रहेकाहरू संगठित थिएनन्। प्रजातन्त्रलाई संयुक्त जनआन्दोलन गरेका दलहरू नै एकअर्कालाई फरक विचारमा देख्न थाले, आरोप लगाउन थाले। नेपाली कांग्रेस आफैंले औपचारिक रूपमा स्वीकार गरेको त छैन तर यो नेपालको सबैभन्दा ठूलो दक्षिणपन्थी शक्तिको रूपमा चित्रित भयो। नाममा कम्युनिष्ट पार्टी लेख्ने दलहरू कुनै पनि कोणबाट कम्युनिष्ट रहेनन्। दलहरूले आफ्ना विचार र नीतिहरूलाई बेलगाम फेर्दै लगे र यस्तो अवस्थामा आए कि आफ्नो विचार के हो स्पष्ट भन्नै नसक्ने अवस्थामा पुगे।

आफैंमा सिद्धान्तमा अस्पष्ट दलहरूले सिद्धान्तमा आधारित सुधारको बहस गर्ने सामर्थ्य राख्ने कुरै भएन। पात्र परिवर्तन भनेकै राजनीतिक परिवर्तन हो भन्ने जबर्जस्त राजनीतिक भाष्य स्थापित गर्न खोजियो। राजनीतिमा टिक्नको लागि परिवर्तनको मुद्दाको सहारा लिनै पर्ने अवस्थामा पुगे।

दोस्रो, आम नेपालीहरू किन सुधार भन्दा परिवर्तनको पक्षमा धेरै उभिन्छन् भन्ने बुझ्न हाम्रा विश्वविद्यालयमा अध्यापन हुने समाज र राजनीतिसँग सम्बन्धित विषयहरूका पाठ्यक्रमहरूलाई सूक्ष्मरूपमा केलाउनु आवश्यक छ। उदारवादी अमेरिकादेखि समाजवादी चीनसम्मका विश्वविद्यालयहरूमा प्रकार्यवादी सिद्धान्तको मात्र धेरै र केही आलोचनात्मक सिद्धान्तहरू अध्यापन हुन्छन्।

अहिलेका प्रमुख तीन दल र उनीहरूका सबै नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरू पूर्णरूपमा कटिबद्ध रहेको वकालत गरेको भए १५ चैत २०८१ को दिन आउँथ्यो ? अहिलेको व्यवस्थाप्रति शंका उत्पन्न हुने ‘राजनीतिक स्पेस’ कसले निर्माण गर्‍यो ?

विद्यार्थीहरूलाई संख्या र संख्याको सम्बन्ध अर्थात् मात्रात्मक विधिमा निपुण पारिन्छ। साथै, समाज र राजनीतिमा आउन सक्ने समस्या समाधानका बहुआयामिक उपायहरूका बारेमा कक्षाकोठाभित्र र बाहिर घनीभूत प्रयोगात्मक अभ्यास गरिन्छ। त्यसैले कुनै समस्या आउँदा सुधारका क्षेत्रमा उनीहरूको ध्यान जाने सम्भावना धेरै हुन्छ।

नेपालको हकमा विश्वविद्यालयमा आफूलाई आलोचनात्मक भन्ने प्राध्यापक र उहाँहरूले अवलम्बन गर्नु हुने सिद्धान्तहरूको बाहुल्य छ। सिद्धान्त आफैंमा राम्रो वा नराम्रो हुँदैन। तर विश्वविद्यालयमा त्यसको सन्तुलित अध्यापन भएन भने सुधार र समाधान केन्द्रित गुणस्तरीय जनशक्ति उत्पादन हुन कठिन हुन्छ।

र, हाम्रो जस्तै सबै परिवर्तनकारी हुने अवस्था पनि सिर्जना हुन्छ। हामी सबैले हामीलाई नै एक पटक प्रश्न गर्ने बेला भएको छ : के हामीले ‘प्रब्लम सल्भिङ’ सिद्धान्त र विधिलाई कक्षाकोठाभित्र प्राथमिकता दिएका छौं ?

समग्रमा नेपालको राजनीतिक संरचना र शिक्षा प्रणाली सुधारको बहस मैत्री छैनन्। तर, यो पनि कटु यथार्थ हो कि आफूलाई राजनीतिको मूलधार मान्नेहरूको राजनीतिक मुद्दा सुधार हुनुपर्दछ। सत्तामा पनि जाने, सुधारको भन्दा परिवर्तनको वकालत गर्दै जाँदा एकपछि अर्को ‘पपुलिस्ट’ दल र नेताको उदयको प्रमुख कारण आफूहरू नै रहेको तथ्यलाई मूलधारमा रहेका दल र नेताले नजरअन्दाज गर्नुहुँदैन।

अहिलेका प्रमुख तीन दल र उनीहरूका सबै नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरू पूर्ण रूपमा कटिबद्ध रहेको वकालत गरेको भए १५ चैत २०८१ को दिन आउँथ्यो? अहिलेको व्यवस्थाप्रति शंका उत्पन्न हुने ‘राजनीतिक स्पेस’ कसले निर्माण गर्‍यो?

यदि राजनीतिलाई सही ट्रयाकमा लैजाने हो भने सदनमा रहेका दलहरूले आफ्नो विचारका आधारमा सुधारका मुद्दा के हुन् र त्यसलाई कसरी कार्यान्वयनमा लैजानेमा आफू प्रष्ट हुने, नेता र कार्यकर्ताका बीच आम सहमति सिर्जना गर्ने विषयलाई प्रमुख प्राथमिकता दिनुपर्छ। मूलधारका राजनीतिक दलका नेता र कार्यकर्ताका विचार र टिप्पणीहरूले परिवर्तनवादलाई प्रोत्साहन गरिरहेको कटु यथार्थ हामी सबैको अगाडि जगजाहेर नै छ।

तर, कुनै दल वा नेतालाई परिवर्तनको मुद्दामा वकालत गर्ने अधिकार नै छैन भन्ने होइन। जो–कोहीलाई पनि अधिकार हुन्छ। तर यो व्यवस्थाले दिएको सबै सुविधा उपयोग गर्ने, अनि परिवर्तनको पक्षधर भन्न पनि नछोड्ने दोहोरो चरित्रको राजनीतिलाई अहिले यही बिन्दुबाट बिदाइ गर्नुपर्दछ। दल र नेताहरूले अरूलाई आरोप लगाउनु अगाडि आफैंलाई प्रश्न गर्नुपर्दछ: हामी आफैंमा प्रष्ट छौं? प्रष्ट हुँदाहुँदै पनि जनतालाई झुक्याइरहेका त छैनौं? नेता प्रष्ट हुँदा, देशको अलमल पनि कम हुन्छ।

एउटा ऐतिहासिक तथ्यलाई प्रस्तुत गरेर यो आलेख बिट मार्न चाहन्छु। दोस्रो विश्वयुद्धपछिको फ्रान्समा चार्ल्स डुगोल सबैभन्दा लोकप्रिय नेता थिए। उनी आफ्नो विचारमा प्रष्ट थिए: फ्रान्सले दोस्रो विश्वयुद्धमा भोग्नु परेको ठूलो हारको कारण संसदीय व्यवस्था थियो र अब राष्ट्रपतीय व्यवस्थामा जानुपर्दछ। उनका दलका अन्य नेताहरू त्यसमा सहमत थिएनन्। द्विविधाका बीच फ्रान्स निर्वाचनमा गयो।

उनको दल पहिलो बन्यो। तर उनी सरकारमा जान मानेनन्। राजनीतिबाट संन्यास लिए। युद्धका अनुभव सहितका पुस्तक लेखे। आफ्नो मुद्दामा अडिक रहे। उनको सिद्धान्तलाई डुगोलवाद भनियो। उनकै मुद्दालाई स्वीकार गर्दै सन् १९५९ मा फ्रान्समा नयाँ व्यवस्था स्थापना भयो र उनी फ्रान्स पाँचौं गणतन्त्रको पहिलो राष्ट्रपति बने। जो–कोही परिवर्तनवादीले यस्तो समर्पण देखाउन सक्नुपर्दछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending