Banner
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने,

मस्कट र लोगो सार्वजनिक, २७ चैतमा टीएमजे क्षेत्रमा प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी प्रदेश सरकारले महत्वका साथ प्रचार गरेको कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्याप्त बजेटसहित घोषणा गरिएको पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार र संरचना तयारी गर्ने उद्देश्यले पर्यटन वर्ष २०८२ मनाउन लागेको हो । त्यसका लागि चालु वर्ष २०८१/८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको उक्त रकम तीन महिनाको अवधिमा कसरी खर्च हुन्छ भन्ने प्रश्न भने सरोकारवालाले उठाउने गरेका छन् । यद्यपि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेपछि प्राप्त भएको विभिन्न छ वटा प्रस्तावबाट उत्कृष्ट लोगो र मस्कट भने स्वीकार गरेको छ । मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरू प्रयोग गरी लोगो निर्माण गरिएको छ । लोगो र मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अनावरण गरेका छन् । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि तय गरिएको छ । मुल नारा भने ‘रमणीय कोशी’ रहेको छ । मन्त्री मण्डलले कोशी प्रदेशको प्रमुख चार धार्मिक गन्तव्यहरू र पर्यापर्यटन, पैदलमार्गहरूलाई विशेष जोड दिएर पर्यटन प्रवर्द्धन गर्न चाहेको बताए । उनले वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीलाई प्रवर्द्धन गरेर ठूलो संख्यामा धार्मिक पर्यटकहरू ल्याउन सकिने सम्भावना रहेको बताए । केही महिनाअघि मात्र बराह क्षेत्रमा बागेश्वर बाबा भ्रमणका लागि आउँदा १५ लाखभन्दा बढी पर्यटक त्यहाँ पुगेका मन्त्री मण्डलको अनुमान छ । मन्त्री मण्डलले रामधुनी र हलेसीमा पनि त्यस्तै सम्भावनाहरू रहेको बताए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले मन्त्रालयले प्रवर्द्धनको क्षेत्रमा विभिन्न ढंगले काम गरिरहेको बताए । उनले पर्यटन क्षेत्रका व्यवसायीरसँग छलफल अन्तरक्रिया, भारतीय फुटबल खेलाडी तथा नेता भाइचुङ भुटियालाई आमन्त्रण गरेर छलफल गर्नेदेखि प्रवर्द्धनका लागि अनेकौँ प्रयास भइरहेको तर त्यसलाई मिडियामार्फत जनताबिच लैजान नसकिएको बताए । उनले आफूहरू पर्यटन प्रवर्द्धनको क्षेत्रमा नयाँ भएको र नीतिगत सुधारको दिशामा अघि बढिरहेको भन्दै अब प्रवर्द्धनमा विशेष जोड दिने पनि बताए । छलफल कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजकद्वय कृष्ण साह र भविस कुमार श्रेष्ठले पर्यटन वर्षको तयारीका क्रममा भइरहेका कामबारे जानकारी दिएका थिए ।
सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी (भोलेन्टियर्स)हरू तयार गरिरहेको र उनीहरूले बजार प्रवर्द्धन गर्ने सहसंयोजक साहले बताए ।
कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्यहरू १४ वटा रहेका छन् । नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जनाइएको छ । २०८० साल चैतमा चतराधाममा आयोजना भएको महाकुम्भ मेलामा स्थलभार्गबाट लाखौं भारतीय पर्यटक आएको अनुमान प्रदेश सरकराको छ । साथै कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेका छन् । सन् २०२२ मा कोशी प्रदेशमा पर्वतारोहीको संख्या करिब १५ सयको हाराहारीमा पुगेको थियो ।
प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेका पर्यटन मन्त्रालयले जनाएको छ । यस्तै ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड, पोर्टरगाइड ८५ जना रहेको तथ्याङ्क छ । प्रदेशमा ४ स्थानमा र्याफ्टिङ सञ्चालनमा छन् ।
इटहरीको इप्पील्याण्ड, झापाको ह्याप्पील्याण्ड र भेडेटार देविथान जीपलाइन, भेडेटार र कन्याममा स्काईवाकका साथै जङ्गल सफारीका रूपमा माउन्टेन साइक्लिङ तथा रक क्लाइम्बिङ, इलामको स्काइवाक र बुढासुब्बा तथा बेलकामा प्याराग्लाइडिङ कोशी प्रदेशका साहसिक पर्यटकीय खेलका रूपमा परिचित छन् । स्वीस सरकारको सहयोग तथा तीनै तहका सरकारहरूको सहलगानीमा यस प्रदेशमा ९ चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र मुन्धुम पदमार्ग गरी चारवटा मुख्य पदमार्गमा आधारित पर्यटन विकास आयोजनासमेत यसै वर्षदेखि सञ्चालनमा रहेको छ ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login