अपराध
नापी कार्यालय बेलवारीका कर्मचारी सेवाग्रहीसंग घूस लिँदै गर्दा पक्राउ

बिराटचोक ः बेलवारी नापी कार्यालयका अमिनी दिनेश कुमार साह घूस रकम सहित समातिएका छन् । शाहलाइ सेवाग्रही संग ७ हजार घूस बापतको रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।
सोमबार दिउसो मोरङको बेलवारी १० भाउन्ने स्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साह नरबहादुर तामाङसँग उक्त घूस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताएका छन् ।
Facebook Comment
Banner
रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।
शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
Banner
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
Banner
त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।
तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।
काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।
ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।
रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login