Connect with us
Advertisement

माघे सङ्क्रान्तिबाट राष्ट्रिय एकता थप सुदृढ हुने राष्ट्रपतिको भनाइ

Published

on

फाइल तस्बिर 

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना व्यक्त गरेकी छिन् ।

माघे सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छिन् ।

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रणकाली मन्दिरमा सञ्चालित महापुराणको आयव्यय सार्वजनिक

Published

on

By

बेलगाछीः श्री रणकाली देवीस्थान मन्दिर सुन्दरहरैंचा ७ मा यही माघ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।

बिहीबार मन्दिर सञ्चालक समिति र पुराण आयोजक समितिका साथै स्थानीयको संयुक्त भेला बसी आयव्यय सार्वजनिक गरिएको हो । सो पुराणमा २३ लाख ४७ हजार ५२७ रुपैयाँ आम्दानी भएको छ । आयोजक समितिका अनुसार ७ लाख ७३ हजार ४०० रुपैयाँ खर्च भएको छ भने १५ लाख ७४ हजार १२७ रुपैयाँ बचत भएको छ ।

बचत रकममध्ये १५ लाख १५ हजार रुपैयाँ ऋण चुक्ता गरी बाँकी रकम खातामा राखिने मन्दिर सञ्चालक समितिका अध्यक्ष डिल्लीप्रसाद प्रसाईँले जानकारी दिनुभयो । सचिव सूर्यप्रसाद सुवेदीका अनुसार रणकाली मन्दिर सामुदायिक भवन ढलाइ निर्माण कार्यमा रकम नपुगेपछि विभिन्न व्यक्ति संस्था र व्यवसायीसँग १५ लाख १५ हजार रुपैयाँ सापटी लिइएको थियो ।

सो महापुराणमा रोशन भट्टराई प्रमुख कथावाचक हुनुहुन्थ्यो भने इन्द्रप्रसाद अधिकारीले पाठपारायण गर्नुभएको थियो । पूर्वाञ्चल पर्यटन विकास संस्था प्रालि रतुवामाई १० मोरङ सहयोगी संस्थाको रुपमा रहेको थियो ।

Continue Reading

Banner

नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा बाबुराम निरौला

Published

on

By

नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा सुन्दरहरैंचाका बाबुराम निरौला सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ प्रदेश परिषद्को उपाध्यक्ष पदमा हुनुुहुन्थ्यो । परिषद्को कोशी प्रदेश कार्यालय सुन्दरहरैंचामा भएको भेलाबाट निरौला अध्यक्षमा चयन हुनुभएको हो ।

कोशी प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछाने केन्द्रीय महासचिव पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदमा वरिष्ठ उपाध्यक्ष सन्तोष पोखरेललाई यसअघि कार्यवाहक अध्यक्ष चयन गरिएको थियो । कार्यवाहक अध्यक्षले ६ महिनाभित्रमा चुनाव गराउनुपर्ने प्रावधानअनुसार कार्यसमितिलाई पूर्णता दिन आज भएको प्रदेशको कार्यसमितिको भेलामा निरौला अध्यक्षमा चयन हुनुभएको हो । परिषद्का केन्द्रीय महासचिवको संयोजकत्वमा बनेको निर्वाचन समितिले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हाल कार्यरत पोखरेलले नै निरौलालाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष निरौलाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष निरौलाका अनुसार प्रमुख सल्लाहकारमा सन्तोष पोखरेललाई चयन गरिएको छ । शिक्षा तथा अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पनि पोखरेललाई नै दिइएको छ ।

नवग्रह अनुसन्धान केन्द्र निर्माण गर्न भारतका अनुसन्धनात्मक संस्थाहरुले चासो देखाएको हुँदा उक्त कार्यका लागि प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका सबै जिल्लामा पालैपालो प्रदेश समितिको बैठक बस्ने निर्णय पनि गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

Continue Reading

Banner

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

Published

on

By

आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।

भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् ।

तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । काठमाण्डौको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending