Connect with us
Advertisement

शिक्षा सन्देश स्कुल बेलबारीमा बाल साहित्य महोत्सव हुने

Published

on

विराटचोकः शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीले बाल साहित्य महोत्सव गर्ने भएको छ । मोरङको बेलवारीस्थित लालभित्तीमा रहेको सो स्कुलले माघ १५ र १६ गते बाल साहित्य महोत्सव गर्ने आइतबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

किताबी ज्ञानले मात्र बालबालिकामा पूर्णता नहुने भएकाले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै अन्य विद्यालयभन्दा फरक शैली अपनाइएको विद्यालयले जनाएको छ । साहित्य र कलाका क्षेत्रमा केही नौलो काम गर्ने हेतुले विद्यालयले बालबालिकाको रुचि, क्षमता र ज्ञान तथा सीपको मापन गराउने महोत्सवले सघाउ पुग्ने जनाएको छ । विद्यार्थीको आत्मविश्वास बढाउने खालका विभिन्न विधामा साहित्य महोत्सव नै आयोजना गरिने विद्यालयले जनाएको हो ।

बाल साहित्य महोत्सवअन्तर्गत कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता, नाटक मञ्चन, बालसाहित्यका पुस्तक प्रदर्शनलगायत साहित्यसम्बन्धी अन्य कार्यक्रमसमेत गर्न लागिएको विद्यालयले जनाएको छ ।

बालबालिकाले समाजमा खारिएका साहित्यकारसँग बसेर साहित्यका विषयमा ज्ञन लिन पाउने र साहित्य विधामा प्रवेश गर्ने अवसरसमेत मिल्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।

बाल साहित्य महोत्सवमा अभिभावकलाई अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको बताइएको छ । यस्तै, अन्य विद्यालयका विद्यार्थीलाई समेत अवलोकन गराउने विद्यालयले पत्रकार सम्मेलनमार्फत् जनाएको छ । बालबालिकाहरु सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रममा केन्द्रित भइरहेको वर्तमान अवस्थामा यो नौलो र बेलबारीकै पहिलो बाल साहित्य महोत्सव भएको बताइएको छ ।

यो कार्यक्रमले फरकफरक क्षमता भएका बालबालिकालाई उनीहरुको रुचि के रहेछ भन्ने चिनाउन महत्वपूर्ण अवसर हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।

पछिल्लो पुस्तामा साहित्यप्रति लगाव र आकर्षण घट्दै गएको अवस्थामा यो कार्यक्रमले बालबालिकालाई साहित्यप्रति जागरुक गराउन सक्ने विद्यालयले जनाएको छ । विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई साहित्यमार्फत् दक्ष, प्रभावशाली र क्षमतावान् नागरिक बनाई गाउँ, समाज र राष्ट्रिय स्तरमा दखल राख्ने एक प्रतिभाशाली नागरिक बनाउने प्रमुख उद्देश्य रहेको विद्यालयका काउन्सिलर भुपाल बस्नेतले बताए ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार

Published

on

By

कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।

गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।

‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’

Continue Reading

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

By

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

By

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending