Connect with us
Advertisement

पञ्चायत माविको ५५ औ वार्षिकोत्सवमा सम्मान

Published

on

विराटचोकः सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार जग्गादाता तथा पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समितिका अध्यक्ष पूर्व शिक्षकलगायत सम्मानित भएका छन् ।

वार्षिकोत्सवमा जग्गादाताहरु राजाराम तेली साहु, धनकेसरी तेली साहु, भीखम तेली साहु, गया तेली साहु, सोनाकुमारी तेली साहुका परिवारका सदस्यलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की रहेका थिए ।

     त्यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य चुमनारायण तबदार र लोकप्रसाद सङ्ग्रौला रहेका थिए । विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङ रहेका थिए । संस्थापक प्रधानाध्यापक स्व. जगतबहादुर रायामझीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यस्तै, पूर्व प्रधानाध्यापकहरु गोपालबहादुर भट्टराई, टोमबहादुर श्रेष्ठ, सावित्री राई श्रेष्ठ, रामानु प्रपन्न पोखरेल, यादवप्रसाद पराजुली, ललितकुमार मिश्र, पीतकुमार श्रेष्ठ र विनोद भट्टराईलाई पनि सम्मान गरिएको थियो । पूर्व शिक्षकहरु लक्ष्मीप्रसाद खरेल, सूर्यनारायण मण्डल, नागेश पोख्रेल, माधवप्रसाद झा, निरन्तरराज थेबे पनि सम्मानित भएका थिए ।

त्यस्तै पूर्व कर्मचारीहरु देवकुमार श्रेष्ठ र भोलानाथ अधिकारी तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष स्व. देवीप्रसाद उप्रेती, स्व. भुवनेश्वर चौधरी, स्व. देवेन्द्रप्रसाद पोख्रेललाई मरणोपरान्त सम्मान गरिएको हो । अजम्बर राई, कृष्णबहादुर भट्टराई, विवेक चौधरी र रमेश भण्डारीलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

देशको उच्च ओहोदामा पुगेर सेवा गर्ने पूर्व विद्यार्थीमा प्रहरी निरीक्षक नरेन्द्र उप्रेती, प्राडा राजु खनाल, उपसचिव रमेश अधिकारीलाई पनि सम्मान गरिएको थियो । विद्यालयलाई आर्थिक सहयोग गर्ने पूर्व विद्यार्थीहरु मनोज श्रेष्ठ, गोकुल प्रसाईं, विशाल खरेल, खड्ग श्रेष्ठ, मुनाल कालाखेती, हीरा भट्टराई, बलभद्र बिस्ट, सुनिता पोखरेल, बबिता थापा, सुमन तिम्सिना, कमल पराजुली, केदार कटुवाल, नागेश पोखेरेल, बलराम चौधरी, अनिल श्रेष्ठ, केदार पोख्रेल, पोष्टकुमार श्रेष्ठ, केशव भट्टराइ चण्डिका बास्तोला, नरेन राया, गोकुल न्यौपाने, किसन चौधरी, सुनिता पोख्रेल ढकाल, निरुता गिरी, अनुरोध साह, देवी सिटौला, रवीन्द्र आचार्यलगायत पूर्व विद्यार्थी पनि सम्मानित भएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद अधिकारी विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले विद्यालयलाई आफूले सक्ने सहयोग गर्ने बताए । सो समारोहमा पूर्व विद्यार्थी मनोज श्रेष्ठ र रमेश अधिकारीले आफ्ना बुबाआमाको नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा भएका विभिन्न कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । शिक्षक अम्बिकाप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

By

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending