कोशी प्रदेश
सुन्दरहरैंचा ३ मा गर्भवती महिलालाइ निःशुल्क एक्सेरे देखि १० वर्षे गर्भ निरोधक सेवा
विराटचोक ः स्वास्थ्य चौकी दुलारीमा हरेक महिनाको १५ गते निःशूल्क भिडियो एक्सेरे सेवा सुरु भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ ले सो सेवा सुरु गरेको हो । वडामा रहेका गर्भवती महिलालाई स्वास्थ्य परिक्षण तथा भिडियो एक्सेरे सेवा बुधवार स्वास्थ्य चौकीमा एक कार्यक्रम गरेर सुरु गरेको हो । सो कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगाना रहेका थिए । ढुंगानाले महिला तथा जेष्ठनागरिकलाई आफुले सधै सहयोग गर्ने र कुनै पनि सेवा बाट बन्चीत हुन नदिने बताउदै आफु जनताको अधिकारका लागि सधैब लाग्ने बताएका छन् ।

सो कार्यक्रममा ७६ जनाको एक्सेरे गरिएको छ भने २९ जनाले परिवार नियोजनको ५वर्षे र १० बर्षे साधन प्रयोग गरेका छन् । यो संगै ५ वर्षे र १० वर्षे गर्भ निरोधक सेवा कार्यक्रम समेत सुरु भएको वडाध्यक्ष ढुंगानाले बताएका छन् ।
कार्यक्रममा अतिथिहरु डा. नित्य प्रसाद खनाल, प्रविण पोख्रेल रहेका थिए भने स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष पुष्पप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता
कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,
कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।
सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।
विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।
कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।
सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।
विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।
सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।
उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।
धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
Banner
नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी
नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।

।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने







You must be logged in to post a comment Login