Connect with us
Advertisement

श्रीकृष्ण प्रणामी युवा परिषद्ले गरेको रक्तदानमा ७७ पिन्ट रगत सङ्कलन

Published

on

विराटचोकः श्रीकृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति सलकपुरले गरेको रक्तदानमा ७७ पिन्ट रगत सङ्कलन भएको छ ।

परिषद्को ३० औं स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा भएको रक्तदानमा ४ महिलासहित ७७ जनाले रक्तदान गरेको आयोजक समितिका अध्यक्ष सरोज भट्टराईले बताए । नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

कार्यक्रम संयोजक माधव भट्टराईका अनुसार कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्यौपाने प्रमुख अतिथि रहेका थिए । परिषद्का केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ढकाल, पूर्व उपाध्यक्ष शरण भट्टराई, कृष्ण प्रणामी सेवा समिति मोरङका अध्यक्ष श्याम आचार्य, कृष्ण प्रणामी बाल सेवा आश्रमका अध्यक्ष गंगाप्रसाद बास्तोला अतिथिको रुपमा रहेका थिए ।

परिषद्को स्थापना दिवसको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम हुने गरेको बताइएको छ । ३६ जिल्ला समिति र १ सय ५० भन्दा बढी प्रारम्भिक कमिटी रहेको परिषद्ले स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमका साथै जनचेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको जनाएको छ ।

 

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रणकाली मन्दिरमा सञ्चालित महापुराणको आयव्यय सार्वजनिक

Published

on

By

बेलगाछीः श्री रणकाली देवीस्थान मन्दिर सुन्दरहरैंचा ७ मा यही माघ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत महापुराण धनधान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।

बिहीबार मन्दिर सञ्चालक समिति र पुराण आयोजक समितिका साथै स्थानीयको संयुक्त भेला बसी आयव्यय सार्वजनिक गरिएको हो । सो पुराणमा २३ लाख ४७ हजार ५२७ रुपैयाँ आम्दानी भएको छ । आयोजक समितिका अनुसार ७ लाख ७३ हजार ४०० रुपैयाँ खर्च भएको छ भने १५ लाख ७४ हजार १२७ रुपैयाँ बचत भएको छ ।

बचत रकममध्ये १५ लाख १५ हजार रुपैयाँ ऋण चुक्ता गरी बाँकी रकम खातामा राखिने मन्दिर सञ्चालक समितिका अध्यक्ष डिल्लीप्रसाद प्रसाईँले जानकारी दिनुभयो । सचिव सूर्यप्रसाद सुवेदीका अनुसार रणकाली मन्दिर सामुदायिक भवन ढलाइ निर्माण कार्यमा रकम नपुगेपछि विभिन्न व्यक्ति संस्था र व्यवसायीसँग १५ लाख १५ हजार रुपैयाँ सापटी लिइएको थियो ।

सो महापुराणमा रोशन भट्टराई प्रमुख कथावाचक हुनुहुन्थ्यो भने इन्द्रप्रसाद अधिकारीले पाठपारायण गर्नुभएको थियो । पूर्वाञ्चल पर्यटन विकास संस्था प्रालि रतुवामाई १० मोरङ सहयोगी संस्थाको रुपमा रहेको थियो ।

Continue Reading

Banner

नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा बाबुराम निरौला

Published

on

By

नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको अध्यक्षमा सुन्दरहरैंचाका बाबुराम निरौला सर्वसम्मत चयन हुनुभएको छ । यसअघि उहाँ प्रदेश परिषद्को उपाध्यक्ष पदमा हुनुुहुन्थ्यो । परिषद्को कोशी प्रदेश कार्यालय सुन्दरहरैंचामा भएको भेलाबाट निरौला अध्यक्षमा चयन हुनुभएको हो ।

कोशी प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछाने केन्द्रीय महासचिव पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदमा वरिष्ठ उपाध्यक्ष सन्तोष पोखरेललाई यसअघि कार्यवाहक अध्यक्ष चयन गरिएको थियो । कार्यवाहक अध्यक्षले ६ महिनाभित्रमा चुनाव गराउनुपर्ने प्रावधानअनुसार कार्यसमितिलाई पूर्णता दिन आज भएको प्रदेशको कार्यसमितिको भेलामा निरौला अध्यक्षमा चयन हुनुभएको हो । परिषद्का केन्द्रीय महासचिवको संयोजकत्वमा बनेको निर्वाचन समितिले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हाल कार्यरत पोखरेलले नै निरौलालाई अध्यक्ष पदको उम्मेद्वारका रुपमा प्रस्ताव गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष निरौलाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष निरौलाका अनुसार प्रमुख सल्लाहकारमा सन्तोष पोखरेललाई चयन गरिएको छ । शिक्षा तथा अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पनि पोखरेललाई नै दिइएको छ ।

नवग्रह अनुसन्धान केन्द्र निर्माण गर्न भारतका अनुसन्धनात्मक संस्थाहरुले चासो देखाएको हुँदा उक्त कार्यका लागि प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशका सबै जिल्लामा पालैपालो प्रदेश समितिको बैठक बस्ने निर्णय पनि गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

Continue Reading

Banner

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

Published

on

By

आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।

भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् ।

तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । काठमाण्डौको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending