पर्यटन
पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइन्छः पर्यटन मन्त्री भट्टराई

विराटचोकः राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै रहेकोमा १५ औं पञ्चवर्षीय योजनामा त्यसलाई बढाएर १० प्रतिशत पुर्याइने सङ्घीय पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
विश्व सिमसार दिवसको अवसरमा आयोजित सिमसार महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्र संरक्षण र पर्यटन विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय तहले सिमसारबाट जतिसक्दो बढी फाइदा लिनुपर्ने उनले बताए ।
१५ हजार किलोमिटर क्षेत्र पार गरी साइबेरियादेखि नेपालका सिमसारमा चरा आउने उल्लेख गर्दै उनले पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताए । सिमसार र तालतलैयालाई मात्रै जोगाउन सके तराईको तापक्रम ४ डिग्री सेन्टिग्रेड घट्ने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा आयोजकले हस्तान्तरण गरेको हसिनाको विकासको लागि तयार पारिएको विस्तृत परियोजना डीपीआर ग्रहण गर्दै भट्टराईले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गरे ।
महोत्सव मूल समारोह समितिका संयोजक ज्ञानेन्द्र ओझाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कविराज राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष घनश्याम न्यौपाने, सुन्दरहरैंचाको वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजाल, सङ्घीय सांसद लालबाबु पण्डितलगायतले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा धरानको गरिमा डान्स सेन्टरका साथै स्थानीय कलाकारले गीत तथा नृत्य र दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवको उद्घाटन पूर्व विभिन्न जनजातिको झाँकी प्रस्तुत गरिएको थियो ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।
लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।
लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।
सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
Banner
मंसिरमा विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने

काठमाडौंः भर्खर विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने घोषणा गरेको छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएको हो ।
बुद्ध एयरले काठमाडौं–पोखरा रूटको दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेको जनाएको छ । बुद्धले यो उपहार १० जोडीलाई दिने बताएको छ ।
यस उपहारका लागि भने बुद्ध एयरमार्फत् नै टिकट काट्नुपर्ने र विवाहको दिन बेहुलाबेहुलीले यात्रा गरेको तस्बिर अनिवार्य हुनुपर्नेछ । टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएको र बुद्ध एयरको प्रयोग गरिएको हुनुपर्ने बताइएको छ ।
Banner
नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल घुम्न आए

काठमाडौंः अध्यागमन विभागका अनुसार नेपालमा नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन् ।
विभागले पर्यटन बोर्डलाई बुझाएको विवरणअनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना, चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८ जना र अष्ट्रेलियाबाट ५ हजार ६० जना पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख १८ हजार ३ सय ८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login