अपराध
अपराध तथा सुरक्षा विषयक तालीम इटहरीमा शुरु

इटहरीः हेल्पिङ युथ सुनसरी र रिफ्रेस मिडिया प्रालिको नेटवर्कको आयोजनामा इटहरीमा अपराध तथा सुरक्षा विषयक पत्रकारिता तालीम सोमबार शुरु भएको छ ।
तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले सुरक्षा र अपराध विपरीत तत्व भए पनि सँगै जोडिएर आउने बताए । ‘सुरक्षा दिँदादिँदै अपराध हुन्छ’, उनले भने, ‘त्यसपछि अपराध न्यूनीकरण गर्ने क्रममा सुरक्षाको आवश्यकता पर्दछ ।’ तीनै तहका सरकारसँग मिलेर यस्ता तालीमको आयोजना भइरहनुपर्ने उनको भनाइ थियो ।
विशेष अतिथि प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध तथा सुरक्षासम्बन्धी समाचार लेख्दा धेरै कुरा ध्यान दिनुपर्ने बताए । व्यक्तिगत स्वतन्त्रता, सामाजिक दायित्व र संवेदनाप्रति सचेत हुनुपर्छ’, ज्ञवालीले भने, ‘कहिलेकाहीँ समाचारले भन्दा त्यससँग सम्बन्धित तस्बिर र भिडियोले बढी हिंसा निम्त्याउन सक्छ ।’ सत्यले असत्य जन्माउन सक्ने हुनाले अपराधसम्बन्धी अडियो र भिडियो तत्काल बाहिर ल्याउन नहुने तथा कतिपय अवस्थामा समाचार प्रकाशन गर्नै नहुने उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेल, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का तथा पत्रकार धनबहादुर पुरी र राजन केडीले पनि आफ्नो धारणा राखेका थिए ।
रिफ्रेस मिडिया नेटवर्कका अध्यक्ष मनोज भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हेल्पिङ युथका अध्यक्ष विकल पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । त्रिलोचन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथिा कानुन मन्त्रालयको सहकार्यमा भएको तालीममा इटहरी उपमहानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र हरिनगर गाउँपालिका सहयोगी संस्थाको रुपमा रहेका छन् ।
३ दिनसम्म चल्ने तालीमको पहिलो दिन जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी र पूर्व डिआईजी केशबहादुर शाहीले सहजीकरण गरेका थिए । तालीममा प्रदेश नम्बर १ का ४० जना सञ्चारकर्मी सहभागी छन् ।
Facebook Comment
Banner
रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।
शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
Banner
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
Banner
त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।
तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।
काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।
ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।
रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login