Connect with us
Advertisement

बुद्ध एयरको विराटनगर– पोखरा हवाई सेवा शुरु

Published

on

विराटनगरः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८ सिट क्षमताको जहाजमार्फत् पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ ।

बुद्ध एयरका अनुसार पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटको समयमा उडान हुनेछ । सोमबार, बुधबार र शुक्रबार हुने उडानमा यात्रुको चाप बढे उडान थपिने सो एयरलाइन्सले जनाएको छ । १ घण्टाको सो उडानको भाडादर नेपाली र भारतीयलाई ६ हजार २ सय रुपैयाँ र विदेशीलाई १ सय ३० डलर रहेको सो एयरलाइन्सले जनाएको छ ।

बुद्ध एयरले राजविराज– काठमाडौं उडान गर्ने

 

Continue Reading

Facebook Comment

11 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Published

on

By

कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।

लगानी सम्मेलनमा  सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।

सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

Continue Reading

Banner

मंसिरमा विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने

Published

on

By

काठमाडौंः भर्खर विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने घोषणा गरेको छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएको हो ।

बुद्ध एयरले काठमाडौं–पोखरा रूटको दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेको जनाएको छ । बुद्धले यो उपहार १० जोडीलाई दिने बताएको छ ।

 यस उपहारका लागि भने बुद्ध एयरमार्फत् नै टिकट काट्नुपर्ने र विवाहको दिन बेहुलाबेहुलीले यात्रा गरेको तस्बिर अनिवार्य हुनुपर्नेछ । टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएको र बुद्ध एयरको प्रयोग गरिएको हुनुपर्ने बताइएको छ ।

Continue Reading

Banner

नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल घुम्न आए

Published

on

By

काठमाडौंः अध्यागमन विभागका अनुसार नेपालमा नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन् ।

विभागले पर्यटन बोर्डलाई बुझाएको विवरणअनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना, चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८ जना र अष्ट्रेलियाबाट ५ हजार ६० जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख १८ हजार ३ सय ८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending