अर्थ
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)

फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ । त्यसै क्रममा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक योजना शर्माले वित्तीय क्षेत्रमा गरेको योगदानको बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
सुन्दरहरैंचा–५ तीनपैनीमा जन्मिएकी योजना शर्मा हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक हुन् । उनको कुशल व्यवस्थापनका कारण सहकारीले उन्नति गरिरहेको संस्थाका अध्यक्ष केदार गुरागाईं बताउँछन् ।
नारी दिवसको अवसरमा शर्माको व्यवस्थापकीय अनुभव प्रकाशन गर्ने उद्देश्यले उनको कार्यकक्षमा पुग्दा उनले आफूले जन्मघरमा लैङ्गिक विभेद नभोगे पनि केही समय कर्मघरमा भने विभेदपूर्ण व्यवहार भएको अनुभव गरिन्। जन्मघरमा छोरालाई भन्दा छोरीलाई अझै बढी माया गरेको उनले स्मरण गरिन् ।
विवाहपछि भने उनले सोचेजस्तो भएन । पारिवारिक जिम्मेवारी, परिवारको कृषिकर्म, बुहारीलाई पढाउनुहुन्न भन्ने मान्यताका कारण विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो भयो । आत्माबाट नै म केही गर्छु भन्ने इच्छा आएपछि केहीले पनि नरोक्ने उनको अनुभव छ । पढाइलाई निरन्तरता दिन श्रीमान्ले सहयोग गरेपछि स्नातकोत्तरसम्मको अध्ययन गर्न उनी सफल भइन् ।
स्नातक तहको अध्ययन सक्नासाथ २०५९ सालदेखि हातेमालो सहकारीमा कर्मचारीको रूपमा प्रवेश गरिन् । त्यसको १ वर्षपछि उनले प्रबन्धकको जिम्मेवारी पाइन् । यसरी डेढ दशकभन्दा अघिदेखि उनको कुशल प्रबन्धकत्वमा सो सहकारी अघि बढिरहेको छ । २०६९ सालमा ६६ औं सहकारी दिवसको अवसरमा उनले मोरङको उत्कृष्ट सहकारी व्यवस्थापकको अवार्ड पनि पाइन् ।
शर्माले शिक्षाशास्त्र सङ्कायमा २०६६ सालमा सुकुना बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको अध्ययन पूरा गरिन् । त्यसपछि सुकुनामै स्नातकोत्तर तहमा उनी २ विषय पढाइरहेकी पनि छिन् । ‘समय व्यवस्थापन गर्नु महिलाका लागि अझ चुनौतीको विषय हो’, उनी भन्छिन्, ‘तैपनि सहकारी, कलेज, घरगृहस्थी सबैलाइ मैले उचित व्यवस्थापन गरिरहेकी छु ।’ पाथीभरा महिला समूहमा कोषाध्यक्षको रूपमा पनि उनी कार्यरत रहेकी छिन् । यो समूहले समाजसेवाको क्षेत्रमा काम गरिरहेको छ ।
सुन्दरहरैंचाका सहकारीको पहिलो महिला प्रबन्धक हुँदा कस्तो अनुभव गरिरहनुभएको छ भन्ने प्रश्नमा उनले महिला भएकै कारणले अप्ठ्यारो परिस्थितिको सामना गर्नु नपरेको बताइन् । संस्थामा आर्थिकलगायतका समस्या पर्दा सञ्चालक समितिसँग सहकार्य गरी काम गर्ने गरेको र संस्थाले पनि आफूमाथि विश्वास गरेको उनी बताउँछिन् ।
‘अहिले त सुन्दरहरैंचाका आधा दर्जनभन्दा बढी सहकारीका प्रबन्धक महिला हुनुहुन्छ । साथै त्यति नै सङ्ख्यामा सहकारीको नेतृत्व पनि महिलाहरुले गरेको अवस्था छ’, उनी भन्छिन्, ‘यसरी हेर्दा अवसर दियो भने महिलाहरुले पनि गर्न सक्छन् भन्ने प्रमाणित हुँदै गएको छ । राज्यले संविधानमा नै महिलाहरुको अधिकारलाई सुनिश्चित गरिदिएपछि धेरै महिलाले अवसर पनि पाउनुभएको छ । तर पनि हाम्रो समाज अझै पनि पितृसतात्मक सोचको घेराबाट बाहिर आउन नसकेको यथार्थ हो र यसलाई शिक्षाको माध्यमबाट हटाउँदै जानुपर्छ ।’
समाजमा महिलालाई पछि पारिएको हो वा महिला आफैँ पछि परेका हुन् भन्ने जिज्ञासामा दुवै विचार सही भएको उनको भनाइ छ । महिला आफैँ पनि पछि परेका र महिलालाई समाजले पनि पछि पारेको दुवै सत्य भएको उनले सुनाइन् ।
‘जबसम्म महिलाहरु आफैँ केही गर्छाैँ भनेर अगाडि आउनुहुन्न तबसम्म परिवर्तन सम्भव छैन । महिला आफैँले बाटो खोल्ने हो,’ उनले भनिन्, ‘अझ राजनीतिक रूपमा त महिलालाई धेरै पछि पारिएको छ । कुनै पनि राजनीतिक पदमा पुग्न महिलाले धेरै नै सङ्घर्ष गर्नुपर्छ ।’
अहिले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा पनि कार्यकारी पदहरु नगरप्रमुख, गाउँपालिका अध्यक्ष जस्ता पदमा अत्यन्तै न्यून मात्रामा टिकट दिइएको र औँलामा गन्न सकिने गरी मात्र विजयी हुनु भनेको राजनीतिक रूपमा महिलालाई पछि पारिएको उनको तर्क छ ।
आफ्नो सहकारीको सञ्चालक समिति महिलाका यस्ता कार्यक्रमप्रति सकारात्मक भएको र महिलाको आवश्यकतालाई हेरेर सीपमूलक कार्यक्रम सञ्चालन गरेकाले महिलाको जीवनस्तर उकास्न सजिलो भएको उनको भनाइ छ ।
सुन्दरहरैंचा नगरपालिकाले महिलाका लागि धेरै सीपमूलक कार्यक्रम ल्याएको र हरेक वडामा विभिन्न यस्ता कार्यक्रम ल्याइनु सकारात्मक हुनुका साथै यसले महिलाको आर्थिक पक्षलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । त्यस्ता कार्यक्रमले महिला अधिकारलगायतका अन्य अधिकार सुनिश्चित गर्ने उनले बताइन् ।
समाजमा महिला हिंसामात्रै नभई पुरुष हिंसा पनि बढिरहेको पाएको उनले सुनाइन् । पुरुष हिंसामा पर्नुको मुख्य कारण चाहिँ अशिक्षित महिलालाई बढी स्वतन्त्रता दिनुको परिणाम भएको उनको अनुमान छ । ‘देवानी संहिताले महिलाका धेरै अधिकारलाई सुनिश्चित गरिदियो तर महिलाले यसको दुरुपयोग पनि गरेका छन् ,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारमा जाने कतिपय पुरुष लैङ्गिक हिंसामा परेका हुनाले यसलाई न्यूनीकरण गर्नका लागि जनचेतना जगाउन आवश्यक छ ।’
यो नारी दिवसबाट महिलामा आत्मबल बढाई लैङ्गिक असमानता र महिला हिंसाका अन्त्यका लागि एक हुन उनी अनुरोध गर्छिन् । अन्धकारलाई सराप्नुभन्दा पनि आफैँले दियो बाल्नु उत्तम हुने उनको भनाइ छ । पुुरुषले अघि बढ्न दिएनन् भन्नुभन्दा पनि आफू चाहिँ के गर्दैछौँ त भनी आफ्नो योग्यता र क्षमता बढाउनतर्फ लाग्नुपर्छ भन्ने उनको सुझाव छ ।
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।
सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।
विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।
कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।
सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।
विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।
सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।
उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।
धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
Banner
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।
विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
Banner
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ । महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य6 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login