अर्थ
नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद हो (नारी दिवस विशेष– ६)

फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।
त्यसै क्रममा सुन्दहरैंचा नगरपालिका वडा नम्बर ७ की सफल किसान भगवती पराजुलीको सङ्घर्ष र सफलताको अंश यहाँ प्रस्तुत गरिएको छ ।
विवाह गरेको २ वर्षमै श्रीमान् गुमाएकी पराजुली एक सफल किसान बनिन् । उनको परिचय किसानमा मात्रै सीमित नभएर सफल नेतृ र सफल सहकारी अभियन्तामा समेत जोडिएको छ ।
पराजुली २०३९ सालमा भोजपुरमा जन्मिइन् । २ वर्षको उमेरमा बुबाआमाको काखमा बसेर मोरङको पथरीशनिश्चरे नगरपालिकामा उनी आइन् । पथरीबाटै एसएलसी दिएकी उनको घर परिवारमा हजुरबुबा सेना र बुबा बन कार्यालयको रेञ्जर भएकाले घरमा छोराछोरीमा विभेद थिएन । सबैलाई बराबरी शिक्षा दिनुपर्छ भन्ने मान्यता थियो त्यसकै प्रभावले उनले राम्रोसँग पढ्न पाइन् ।
२०५७ सालमा माघ २ गते उनको विवाह सुन्दरहरैंचा–७ का पदम पराजुलीसँग भयो । श्रीमान् पदम नेपाल प्रहरीका जागिरे थिए । श्रीमान् जागिरे भएकाले भगवतीले आयआर्जन, सामाजिक कार्य आदिमा सोच नपुग्दै छोरीको जन्म भयो । तर त्यो खुशीयाली साट्न नपाउँदै अर्को कहालीलाग्दो परिस्थितिको समना उनले गर्नुप¥यो । श्रीमान् पदम सधैँका लागि बिदा भए ।
२०५९ साल पुस २४ गते घटनाको समाचार आउनासाथ उनी मूर्छा परिन् । २० वर्षकै उमेरमा एकल भइन्, साथमा थिइन् ६ महिनाकी छोरी । पदमको सवारी दुर्घटनामा परी मोरङको हरंैचामा दुखद निधन भयो । त्यो दिन सम्झँदा अझै उनका आँखामा आँशु रसाउँछन् ।
तर आँशुलाई हटाएर समाजमा केही गर्नुपर्छ भनी उनको मन परिवर्तन हुन थाल्यो । श्रीमान्को कमाइमा आश्रित उनलाई छोरीको लालनपालनसँगै घरव्यवहार र आयआर्जनको बाटो खोज्नुपर्ने चुनौती देखा प¥यो ।
‘श्रीमान्को मृत्युपछि महिलामा डिप्रेसन हुने, पीडा हुने, आत्तिने, अनि आफ्नो जिन्दगी नै सकियो जस्तो लाग्ने धेरैलाई हुन्छ’, उनले भनिन्, ‘तर आफँैले आफैँलाई सहज बनाएर जानुपर्छ ।’ २०६४ सालमा संविधान सभाको चुनावमा भोट हाल्न निस्किएपछि केही व्यक्तिको उत्प्रेरणालाई लिएर उनी अघि बढ्दै आइन् ।
राजनीतिक र सामाजिक चेतनाको विकास भयो । गाउँ विकास कार्यक्रम शुरु भयो र एउटा समूह निर्माण भयो । समूहमा पैसा जम्मा हुन थाल्यो । २०६९ सालमा मोरङको तत्कालीन सुन्दरपुर गाविसमा हेफर इन्टरनेशनलको कार्यक्रम आयो । त्यो समूहमा २१ जना पिछडिएका महिला भएको समूहको लिडर भएर अघि गइन् । खोलामा काम गर्ने महिलालाई लिएर उनी तालीममा गएकी थिइन् । ४ दिनको सो तालीमबाट ल्याप्चे लगाउने १५ जना महिलालाई लेख्न सिकाइन् । त्यो ल्याप्चे त्यसपछि फालिदिएको उनले स्मरण गरिन् ।
२०७० सालमा समूह बनाएर ६ ओटा बाख्राबाट बाख्रापालन शुरु गरिन् । त्यसको दर्ता २०७१ सालमा हुँदा २५ ओटा बाख्रा थिए । अहिले ४० ओटा बाख्रा छन् । शुरुका दिनमा १ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गरेको उनले बताइन् ।
सफल कार्य गरेबापत उनले जीटीए अवार्ड पाइन् । त्यसपछि २ बिघा जग्गा भाडामा लिएर केरा खेती गरिन् । वार्षिक ८ लाख रुपैयाँ उनी केरा खेतीबाट कमाउँछिन् ।
पछि सबै समूहलाई हेफरले सहकारीको अवधारणामा लग्यो । सुरक्षा समाजिक उद्यमी सहकारी बनाएर महिलालाई आर्थिक आयआर्जनमा माथि लैजान उनी सफल भइन् ।
उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको वडा नम्बर ७ मा सदस्य पदमा उम्मेद्वारी दिए पनि पराजित भइन् । उद्यमीले व्यापारभन्दा कृषि क्षेत्रलाई नै अगाडि बढाउनुपर्ने उनको धारणा छ । २ हजार ७ सय महिला सदस्य भएको सुरक्षा महिला उद्यमी सहकारी संस्थाको उनी सचिवको रुपमा पनि कार्यरत छिन् ।
अहिले बोयर, जमुनापारी र लोकल बाख्रा पालन गरी वार्षिक २ लाख आम्दानी गर्ने उनी पछिल्लो समय कृषिबीमाले किसानलाई धेरै राहत दिएको बताउँछिन् । सरकारी अनुदान पाउन किसानले झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने उनको अनुभव छ ।
किसान दिदीबहिनीलाई उनी आत्मनिर्भर हुने सल्लाह दिन्छिन् । आफू को हो भनेर चिन्नुपर्ने बताउँदै आफू जङ्गल छेउमा बस्ने हुनाले बाख्रा पालेको बताउँदै चोकमा बस्ने महिलाले बाख्रा पाल्नुभन्दा पनि त्यहाँ के गर्दा उपयुक्त हुन्छ त्यस्तै काम वा व्यवसाय गर्नुपर्ने बताइन् ।
पहिले आफूले टेक्ने धरातल बुझ्नुपर्ने उनको सुझाव छ । सामाजिक क्षेत्रमा लाग्न पैसा पनि आवश्यक हुने हुनाले आत्मनिर्भर हुन अपरिहार्य रहेको उनको बुझाइ छ । सधैँ कामलाई विभाजन गरेर समय निर्धारण गरेर अघि बढ्नुपर्छ भन्ने उनले बुझेकी छिन् ।
नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद भएको उनको भनाइ छ ।
सम्बन्धित थप समाचार
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)
६८ वर्षको उमेरमा पनि स्वास्थ्य चेतना फैलाइरहेकी ‘शोभा दिदी’ (नारी दिवस विशेष–४)
बुबाको हौसला र साथीको प्रेरणाले अघि बढेकी नृत्यकार नीलम (नारी दिवस विशेष–५ )
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।
सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।
विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।
कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।
सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।
विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।
सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।
उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।
धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
Banner
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।
विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
Banner
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ । महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login