कोशी प्रदेश
३० वर्षदेखि एउटै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत मीना चौधरी (नारी दिवस विशेष–७)

आज फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ । त्यसै क्रममा ३० वर्षदेखि एउटै स्कुलमा प्रधानाध्यापक भएर सामुदायिक विद्यालयलाई अघि बढाइरहेकी सुन्दरहरैंचा–४ की मीना चौधरीको अनुभवलाई यहाँ समेटिएको छ ।
आफ्ना बुबा मनिलाल चौधरीले शिक्षाको महत्व बुझेका हुनाले छोरा र छोरीमा विभेद नगरी शिक्षाको प्रबन्ध मिलाए । अहिले आफू यो अवस्थामा आइपुग्नुमा आफ्ना किसान बाबुको विभेदरहित शिक्षाको देन ठान्छिन् उनी ।
सुन्दरहरैंचा– ४ मा रहेको आदर्श आधारभूत विद्यालयमा २०४६ साल बैशाख १ गतेदेखि प्रधानाध्यापकको रूपमा कार्यरत चौधरी हालसम्म सोही विद्यालयमा सोही पदमा कार्यरत छिन् । १६ वर्षमा विवाह गरेकी उनले २२ वर्षको उमेरमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । सो विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि साजीलाल माविमा उनले निजी स्रोतमा २ वर्ष अध्यापन गरेकी थिइन् ।
स्थापनाकालमा ४०÷४५ जना विद्यार्थी रहेको सो विद्यालयमा २०५० सालपछि एउटै कक्षामा १ सय जनाभन्दा बढी विद्यार्थी भर्ना भएको रेकर्ड पनि उनीसँग छ । अहिले भने विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको र ८३ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताइन् । वडैपिच्छे विद्यालय खुल्नुका साथै बोर्डिङमा विद्यार्थी पढाउने बढ्दो प्रचलनले विद्यार्थी सङ्ख्या घटेको उनको भनाइ छ । सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने विद्यालय भएको र अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीले पनि अभिभावकलाई काम सघाउने हुनाले विद्यार्थी सङ्ख्या कम रहेको उनको अनुभव छ ।
मासिक ९ सय रुपैयाँ तलब पाउने गरी नियुक्ति लिएकी उनले शुरुका दिनमा शैक्षिक व्यवस्थापन गर्न गाह्रो भएको सुनाइन् । अहिले उनको विद्यालयमा शिक्षक र कर्मचारी गरेर ६ जना कार्यरत छन् । विद्यालय स्थापना हुँदा उनीमात्रै शिक्षकको रूपमा रहेकी हुनाले शैक्षिक तथा प्रशासनिक दुवै काम गर्नुपर्दा अप्ठ्यारो अवस्था आएको उनले स्मरण गरिन् । अर्काे वर्षदेखि तत्कालीन दुलारी गाविसले निजी स्रोतमा १ जना शिक्षक मासिक २ सय रुपैयाँ तलब पाउने गरी नियुक्त भएपछि काम गर्न सहज भएको अनुभव गर्न पाइन् ।
उनले अध्यापन गराउने विद्यालयमा सीमान्तकृत र न्यून आर्थिक अवस्था भएको परिवारका सन्तान पढ्ने हुनाले तल्लो कक्षामा विद्यार्थीको सङ्ख्या राम्रो भए पनि माथिल्लो कक्षामा विद्यार्थी न्यून हुँदै जाने गरेका छन् । ‘४÷५ कक्षामा पढ्ने विद्यार्थीलाई अभिभावकले नै विद्यालय पठाउँदैनन्’, उनले भनिन्, ‘उनीहरूलाई आफूसँगै मजुदरीको लागि लैजाने गर्छन् ।’ आफूहरूले बारम्बार त्यसो नगर्न अनुरोध गरे पनि पूर्ण रूपमा बन्द गर्न नसकेको उनले सुनाइन् ।
विद्यालय स्थापनाताका धेरै सङ्घर्ष गर्नुपरेको अनुभव उनीसँग छ । गाउँलेसँग, बाँस, पराल, काठपात मागेको तथा बाँस र पराल आफैँले ओसारेको सम्झँदा अहिले अचम्म लाग्ने गरेको शनिबार दिउँसो उनले सुनाइन् । दुलारी गाविसका उपाध्यक्ष नन्दकुमार चौधरीको पनि ठूलो सहयोग पाएको उनले स्मरण गरिन् ।
आफूले सो विद्यालयमा पढाएका विद्यार्थीमध्ये सञ्जय साहले स्नातकोत्तर तहमा गोल्ड मेडल पाएको क्षण सम्झँदा ज्यादै खुशी लाग्ने उनले सुनाइन् । त्यस्तै, उनले पढाएका विद्यार्थी शङ्कर साहु, चन्द्रबहादुर दाहाललगायतका विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन् ।
स्थानीय सरकारले खाजाको पैसा दिन छाडेपछि विद्यार्थीको सङ्ख्या अझै घटेको उनको भनाइ छ । ‘सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा आउने खाजबापतको रकम काटिएको छ,’ उनले भनिन्, ‘जसले गर्दा विद्यार्थीको उपस्थिति अझै घटेको छ । हामीले स्थानीय सरकारका प्रमुखलाई यसबारेमा पटकपटक जानकारी पनि गरायौँ । तर माथिबाटै बजेट आएको छैन भनेर उहाँले जवाफ दिनुभयो । दिवा खाजाबापतको रकम काटिएपछि विद्यार्थीको सङ्ख्या घटेको हुनाले सीमान्तकृत समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयले पाएको सो सुविधालाई कटौती नगर्ने हो भने विद्यार्थीको सङ्ख्या बढाउन सहयोग पुग्ने छ ।’
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।
सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।
विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।
कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।
सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।
विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।
सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।
उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।
धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।
Banner
नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।
।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login