Connect with us
Advertisement

नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न

Published

on

विराटचोक  समानताको पुस्ता  अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिलन घिमिरेको सभापतित्वमा आज के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा संघले अन्तर्कृया एवम् सचेतना जगाएको छ ।

कार्यक्रममा कुरोदय मार्सल आर्टस संघ प्रदेश न. १ प्रमुख प्रशिक्षक प्रकाशमान बस्नेत प्रमुख अतिथी थिए भने सामाजिक अभियान्ता एवम् माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारी, कुरोदय बेलबारीकी अध्यक्ष शितल राय, महिला व्यवसायी पदमा भट्टराई, महिलाकर्मी एवम् नाटककार बिमला कार्कीडोली, हिंसा पिडित तुलसा पौडेल लगायतको उपस्थिती रहेको थियो । समाजमा बलात्कार, दाइजो प्रथा, देउकी प्रथा, बोक्सी, छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरु बिधमान रहेको र महिलाहरुमा शिक्षाको कमि, शारीरिक रुपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरिती, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरु थुप्रै हुने गरेको अन्तरक्रियाले निष्कर्स निकालेको छ ।

कुनैपनी प्रकारको हिंसा भएमा सहनु हुदैन र त्यसको कानुनी उपचार खोज्नुपर्दछ । महिला र पुरुष दुबैको हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुन सक्दछ । अधिकार र सशक्तिकरणले महिलाहरुको सामाजिक अवस्था उकास्न सकिन्छ । घरेलु एवम् सामाजिक महिला हिंसाको शिकार पुरुषबाट महिला वा महिलाबाटै महिला पनि हुन सक्दछन् । हिंसाबाट बच्न सावधानी अपनाउने, समाजमा सचेतना जगाउने, सशक्तीकरण गर्ने र आत्मरक्षा सम्बन्धि सिपहरुको बिकास गर्ने जस्ता कार्य गर्नुपर्ने कार्यक्रमले साझा धारणा समेत बनाएको छ । कार्यक्रमका सभापति घिमिरेले महिला हिंसा विरुद्धमा सबै युवा एकताबद्ध भई जुट्नुपर्ने बताए ।

सबैको सामुहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने उनले बताए । कार्यक्रममा बोल्दै माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारीले आफुले समानताका निम्ति विगतमा हतियार समेत उठाएको बताइन् । सामाजिक रुपमा छोरा र छोरी बिचको खाडललाई पुर्न सके मात्र सुन्दर र सम्मुन्त समाज बन्ने उनको भनाई थियो । त्यस्तै महिला ब्यवसायी पद्मा भट्टराईल्र महिलाहरु आत्मनिर्भर बन्न सके हिंसाको सामना गर्नु नपर्ने बताइन् । उनले धेरै हदसम्म महिला हिंसा महिलाबाटै हुने गरेकोले सबैको सोचमा परिवर्तन गर्नुपर्ने बताइन् । कार्यक्रममा विभिन्न सचेतनामुलक सांस्कृतिक नृत्य, गित तथा प्रोजेक्टरबाट भिडियोहरु समेत देखाइएको थियो । ज्ञानु घिमिरे, बिनिता अधिकारी, मोनिका ढकाल, रन्जित दास, तुलसा पौडेल, प्रमोद गेलाल लगायतले महिला हिंसा बिषयमा आफ्नो सान्दर्भिक धारणा समेत प्रस्तुत गरे । सुन्दरहरैचा भरका युवा तथा महिलाहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम माइक्रो एकेडेमीको हल बिराटचोकमा संचालन भएको हो । प्रत्येक बर्ष मार्च ८ लाई विभिन्न कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवसको रुपमा मनाउदै आइएको छ

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

By

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending