अपराध
गाँजा खेती नष्ट गर्दै प्रहरी, प्रदेश १ मा हालसम्मकै ठूलो परिमाणमा गाँजा खेती नष्ट

विराटचोकः विभिन्न जिल्लामा लगाइएको गाँजाखेती नष्ट गर्ने क्रममा प्रहरीले हालसम्मको ठूलो परिमाणमा गाँजा नष्ट गरेको जनाएको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ले प्रदेश १ का विभिन्न जिल्लाबाट १ लाख ८७ हजार ३ सय ९० गाँजाका बोट नष्ट गरिएको छ । प्रदेश प्रहरीका डीआईजी ठाकुरप्रसाद ज्ञवालीको निर्देशनमा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलाममा गाँजा खेती नष्ट गरिएको हो ।
‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका क्रममा सबैभन्दा बढी गाँजा खेती धनकुटामा नष्ट गरिएको थियो । धनकुटाको शहीदभूमि र साँगुरीगढी गाउँपालिकाका केही स्थानमा व्यावसायिक गाँजा खेती गरिएको थियो । त्यहाँ व्यावसायिक रूपमा लगाइएको गाँजा खेतीसँगै चरेस उत्पादन अनि तस्करी गर्ने गरेको सूचना डीआईजी ज्ञवालीले पाएका थिए ।
त्यसपछि १ नं. प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट) ले सर्च अभियान थालेको थियो । नयाँ व्यक्तिलाई गाँजा खेती गरेको क्षेत्रमा जान रोक लगाइएको हुनाले दंगा नियन्त्रण गण दुहबीबाट एक सय जना र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको ५० जनाको प्रहरीको टोले ६ घण्टाको पैदल यात्रा गरेर गाँजा खेती गर्ने स्थानमा पुगेको थियो ।
त्यस क्षेत्रका प्रायः स्थानीयहरूले व्यावसायिक रूपमै गाँजा खेती गर्ने गरेको बताइएको छ । धनकुटामा उत्पादन भएको गाँजा चरेस भारत र चीनतर्फ तस्करी हुने गर्दथ्यो ।
प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानबाट मात्र १ लाख ५० हजार गाँजाको बोट नष्ट गरेको थियो ।
यस्तै, उदयपुरमा पनि प्रहरीले प्राकृतिक रूपमा उम्रिएका सँगै व्यावसायिक रूपमा लगाइएका २५ हजार गाँजाका बोट नष्ट गरेको छ । भोजपुरमा १२ हजार, खोटाङमा ५ हजार, सुनसरीमा ३ सय र इलाममा ९० वटा गाँजाको बोट पछिल्लो २ महिनामा नष्ट गरेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।
शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
Banner
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
Banner
त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।
तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।
काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।
ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।
रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login