Connect with us
Advertisement

कोरोनाको कहरमा ६३ औं राष्ट्रिय सहकारी दिवस (सहकारी दिवस विशेष १)

Published

on

नेपालमा सहकारी अभियानको शुरुवात भएको दिन । विगत वर्षहरुमा यतिबेला सरकार, विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु तथा प्रारम्भिक सहकारी संस्थाहरु सहकारी दिवस मनाउने क्रममा रहेका हुन्थे । तर यतिबेलाको स्थिति फरक छ । सहकारी दिवस मनाउने तयारीमा रहेकै क्रममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यसरी आयो की ? सारा विश्व त्राही त्राही छ । चीनको एउटा प्रान्तबाट २०१९ डिसेम्बरबाट शुरु भएको कोरोना संक्रमणले यतिबेला विश्व त्रासमा छ ।

मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने थिमका साथ यस वर्ष भव्य रुपमा दिवस मनाउने तयारीमा रहेका देशभरका सहकारी अभियानकर्मीहरु लकडाउनका कारण खुम्चेर बसेका छन् । नेपालमा सहकारीको शुरुवात भएको २०१३ चैत २० गतेका दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको छ । यस पटक ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ लगायत सहकारी सम्बद्ध संघ संस्थाहरुले सहकारी दिवस मनाउने तयारी स्वरुप मुल समारोह समिति गठन गरेका, गर्ने तयारीमा रहेकाहरुले सहकारी दिवस भन्दा सदस्यहरु र आम जनताका लागि कोरोना विरुद्धको अभियानमा जुटेका छन् ।

नेपालमा ३४ हजार ७ सय ३७ प्रारम्भिक सहकारी संस्थाहरु, ७० वटा जिल्ला सहकारी संघहरु, २ सय ५३ वटा विषयगत जिल्ला सहकारी संघहरु, २० वटा केन्द्रीय संघहरु, एउटा राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ सहित देशभर ३५ हजार ८२ सहकारी संघ संस्था रहेको विभागको पछिल्लो तथ्यांक छ । करिब ६३ लाख जनाको सहभागिता रहेको सहकारीमा २ लाख ४७ हजार ८ सय २७ जना सञ्चालक समितिका पदाधिकारी सदस्यहरु, ६० हजार ५ सय १७ कर्मचारी रहेको विभागको तथ्यांकमा उल्लेख छ । सहकारीहरुले ७६ अर्ब भन्दा बढी शेयर पूँजि, ३ खर्ब ४५ अर्ब भन्दा बढी निक्षेप र ३ खर्ब ३२ अर्ब भन्दा बढी ऋण लगानी गरेका छन् । वित्तीय सहकारीहरुको तथ्यांक जस्तै उत्पादनका सहकारीहरुले कृषि, फलफूल, दुग्ध लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । सेवा क्षेत्रका सहकारीहरुले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेका छन् । उत्पादन र सेवा क्षेत्रका सहकारीहरुको योगदानको सही तथ्यांक सार्वजनिक हुन सकिरहेको छैन ।

विगत वर्षहरुमा सहकारी दिवसका सन्दर्भमा गरिने कार्यक्रमहरुमा सहकारीहरुले गरेका यस्तै काम र योगदानका बारेमा चर्चा परिचर्चाहरु हुने गर्थे । यतिबेला परिस्थिति फरक छ, सहकारीहरु आफ्ना सदस्यहरुलाई सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने अभियानमा लागेको अवस्था छ । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरु र आम जनतालाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्ने, आवश्यक परेको अवस्थामा आर्थिक तथा अन्य सहयोग गर्ने, संक्रमणको शंका लागेकाहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउने, खाद्यान्न, दुध, कृषिजन्य वस्तु लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सहयोग गर्नुका साथै सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाहरुमार्फत उपचारमा सघाउने काम गरेका छन् । सहकारीहरुले आफ्नो तर्फबाट राज्यले बनाएका कोषहरुमा आर्थिक सहयोग गरेर समेत योगदान गरेका छन् । विगत वर्षहरुमा उल्लासमय वातावरणमा मनाउने गरेको सहकारी दिवस यस वर्ष लकडाउनमै विताउनु पर्दा सहकारीकर्मीहरु चिन्तित छन् । सारा विश्व कोरोनाको कहरसंग जुधिरहेको अवस्थामा सहकारी अभियान पनि त्यसबाट पर रहन सक्दैन । यस वर्षको सहकारी दिवस कोरोनाको कहरमै बित्ने भएको छ ।

सहकारी दिवस कसरी मनाउने अभियानकर्मीहरुमा छलफलको विषय बनेको छ । यसै सन्दर्भमा यस पटकको सहकारी दिवसका अवसरमा सिंगो सहकारी अभियानलाई सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोग गर्न सकेमा थप प्रभावकारी हुन सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय पद्मा कुमारी अर्यालले सहकारीहरुको तर्फबाट राज्यले सञ्चालन गरेको कोरोना विरुद्धको अभियानमा योगदान गर्न आव्हान गर्नु भएको छ । यतिबेला तीन तहका सरकारहरु कोरोना विरुद्ध जुटिरहेका छन् । सबै तहले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरी सहयोगको आव्हान गरिरहेका छन् । सरकारले विनियोजन गरेका अन्य बजेटहरु रकमान्तर गरी कोरोना निन्यत्रण र उपचारमा लगाउनुका साथै विदेशबाट ऋण ल्याउने निर्णय समेत गरेको छ । सिंगो देश कोरोनाको रोकथाम र उपचारमा केन्द्रीत भएको समयमा सहकारीहरुको थप प्रभावकारी कदम हुन्छ ।

विगतमा सहकारी दिवसमा प्रभातफेरी, ¥याली, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, रक्तदान लगायत रचनात्मक, सिर्जनात्मक कामका लागि ठुलै खर्च गरिन्थ्यो । प्राय सहकारीहरुले दिवसका अवसरमा आयोजित कार्यक्रमका लागि व्यानर, प्लेकार्ड लगायत सामग्री बनाउने गर्दथे । औपचारिक अनौपचारिक कार्यक्रमका लागि सहकारी क्षेत्रबाट गरिने खर्चको एकिन तथ्यांक कसैसंग छैन । राज्यसंग देशभरका सहकारीको नै सही तथ्यांक छैन भने सहकारीहरुले सहकारी दिवसमा गर्ने खर्चको तथ्यांक हुने कुरै भएन । सहकारीहरुले सहकारी दिवसका लागि बजेट नै व्यवस्था गरेका हुन्छन् । त्यो बजेटलाई सबै मिलेर एकत्रित रुपमा कोरोना विरुद्धको अभियानमा जोड्ने हो भने सहकारीको योगदान स्मरण गर्न सक्ने खालको हुन सक्छ ।

प्रत्येक सहकारीले सहकारी दिवसमा गर्ने खर्च कोरोना विरुद्धको अभियानमा लगाउने र त्यसको तथ्यांक राष्ट्रिय सहकारी महासंघले राख्ने हो भने सहकारीको एकमुष्ट योगदान देखिन सक्छ । राज्यलाई परेको अप्ठेरोमा अभियानको अगुवाई गर्ने राष्ट्रिय सहकारी महासंघले योजना बनाएर आव्हान गर्ने र जिल्ला सहकारी संघहरुले त्यसलाई व्यवस्थापन गर्ने हो भने सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ ।

तिन तहका सरकार छन्, सहकारीहरु पनि ति तिन तहका सरकारको मातहतमा छन् । महासंघको आव्हानमा सबै सहकारीहरुलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा सहयोगका लागि आव्हान गर्ने, तीन वटा तह अन्तरगतका सहकारीहरुले संकलन गरेको रकम मध्ये स्थानीय तह अन्तरगतका सहकारीमार्फत संकलित स्थानीय तह, प्रदेश अन्तरगत संकलित रकम प्रदेश सरकार र संघ अन्तरगत संकलित रकम संघीय सरकारलाई सहयोग गर्ने र त्यसको एकमुष्ट हिसाव महासंघले राखेर चैत २० गते सहकारी अभियानका तर्फबाट राज्यलाई गरिएको सहयोग घोषणा गर्न तर्फ लागौ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुटेका स्थानीय स्तरका स्वास्थ्य संस्थाहरु, खाद्यान्न, दुध, कृषिजन्य पदार्थ, फोहोर व्यवस्थापन लगायत अति आवश्यक वस्तुको व्यवस्थापनमा सक्रिय सहकारी संघ संस्थाहरु लगायत अन्य संस्थाहरु, वडा कार्यालय, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार मध्ये कसैलाई सहकारी संघ संस्थाको तर्फबाट आर्थिक लगायत अति आवश्यक सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने र त्यसको अभिलेख जिल्ला सहकारी संघहरुमार्फत राष्ट्रिय सहकारी महासंघमा संकलन गर्न सके यस पटकको सहकारी दिवसको सान्दर्भिकता रहन्छ । सहकारीहरुले आ–आफ्नो तरिकाले आफु अनुकुलका संघ संस्था वा सरकारलाई सहयोग गर्ने र त्यसको अभिलेख सहकारी अभियानले राख्न सके आगामी दिनमा सहकारीको योगदान बढाउन पनि मद्दत पुग्दछ ।

विश्व समुदायमा देखिएको संवेदनशिल यो घडिमा पर्न गएको राष्ट्रिय सहकारी दिवसलाई आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, राज्यका सबै तहहरु र अप्ठेरोमा परेकाहरुलाई साथ दिने पर्वको रुपमा मनाउन सबैले ध्यान दिऔं । सहकारी दिवसका अवसरमा सबैमा शुभकामना ।- सहकारी खबर डट कमबाट 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार

Published

on

By

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।

कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।

विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।

Continue Reading

Banner

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

Published

on

By

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।  महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending