शिक्षा / स्वास्थ्य
राहत दिने र लिनेको फोटो होइन, विवरण सार्वजनिक होस्

‘लकडाउन’ लम्बिँदै जाँदा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका घरमा चुलो बल्न छाडेको छ । हातमुख जोर्न समस्यमा परे यस्ता परिवारलाई सरकारले राहत सामग्री उपलब्ध गराउने भएको छ ।
त्यसै क्रममा अहिले निम्न आय भएका परिवारलाई राहत उपलब्ध गराउन हरेक स्थानीय तहले विपत् व्यवस्थापन कोष स्थापना गरेका छन् । सो कोषमा सहयोग गर्नेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । सहयोग गर्नेको संख्या बढिरहेको देख्दा विपत् कोषमा सहयोग रकम राम्रै संकलन हुने र त्यसले हातमुख जोर्न समस्यामा परेका परिवारलाई सहयोग पुग्ने देखिन्छ ।
तर, यो सहयोग विपत् कोषमा जम्मा गर्ने क्रममा देखिएको भीड, फोटो खिच्ने मोह अनि मास्क र पञ्जा नलगाएको देख्दा यस्ता कार्यले कोरोना संक्रमणको सम्भावना बढाइरहेको त छैन भन्ने देखिन्छ । विपत्को बेलामा सहयोग गर्नु राम्रो हो । तर सहयोग गरेको समयको फोटो खिच्नै पर्ने, दूरी कायम नगर्ने अनि मास्क र पञ्जा नलगाउने हो भने हामी कति सचेत छाँै भन्ने देखिँदैन र ?
हामीले राहत उपलब्ध गराएको सम्बन्धित परिवारले पाऊन् भनेर हो । यसमा अँगालो हालेजसरी फोटो खिच्नु अनि मास्कको प्रयोग नगर्नु र राहत उपलब्ध गराएको समयमा सबैको आँखा क्यामेरातिर हुनुले के संकेत गर्छ ? क्यामेरा नहुनु भने हामी राहत नै दिँदैनथ्यौँ कि ?
त्यसैले बेलैमा सोचौँ । राहत उपलब्ध गराएको फोटो खिच्नै पर्छ भन्ने छैन । हामीले फोटो खिच्दैमा सम्बन्धि परिवारले राहत पाउने होइन । राहत पाउने व्यक्तिको पनि फोटो नखिच्दा हुन्छ । सामाजिक सञ्जालमा फोटो हाल्नुको सट्टा स्थानीय सरकारले दाताले उपलब्ध गराएको सहयोगको विवरण र विपत्मा परेका परिवारलाई दिएको राहतको विवरणचाहिँ पोष्ट गरेमा कति राम्रो हुने थियो ।
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login