Connect with us
Advertisement

चोर र सरकार

Published

on

ओ महाशय !
जसको धर्म नै चोरी गर्नु हो
उसैलाई कसरी तपाईं अधर्मी भन्नुहुन्छ ?
दुःख दिनु नै जसको परिचय हो
जसको कर्ममा आश्रित छ एउटा दुधे बालक
नलगाउनुहोस् निर्ममतापूर्वक उसैमाथि
यस्तो आरोप

नफैलाउनुहोस् अफबाह !
जिम्मेवारी निर्वाह गर्न कसैले
आँगन पुर्न भँडार खन्न सक्छ
इतिहास साक्षी छ–
समयको जाँतोमा पिसिएर
हेक्का राख्नुहोस् !
रत्नाकर बाल्मीकि बन्न सक्छ ।

अधर्मी त त्यो हो–
जो सुन्दैन
सुनेको अभिनय गर्छ
हिँड्दैन
फगत् हिँडेको स्वाङ पार्छ
बोल्छ–
बोलीमा चिनी मह र घिउ मिसाएर
अनि पाउँदैन भेउ
आफ्नै मुखमा झिँगो बसेको ।

किनकि,
जसका दुईवटा छन् दाँतहरु
दुईवटा छन् जिब्रा

शून्य छ जसको विचार ।

जो असाध्यै खप्पिस छ–
आलो घाउमा नुनचुक छरेर
रमिता हेर्न,
आपत्विपत्मा
राहत दिने साइत हेर्दै
आहत दिन
र जसले
उचालिरहेछ आफ्ना सिकारी हातहरु
हाम्रा कोमल सपनाहरुको
सिकार गर्न ।

तसर्थ,
भनेर केही नगर्नेहरुसँग भन्दा
सबैको भरोसा
सुटुक्क केही गर्नेमाथि जाग्न थालेको छ ।
स्वयम्लाई पराधीनको कित्तामा
उभ्याएर
लगन सकिएपछि पोतेको जोहो गर्न तम्सिने

घरमा आगो लागेपछि कुवा खन्न मरिहत्ते गर्ने
यो सरकार
मलाई अशक्त कमान्डरले नेतृत्व गरेको
उत्साहहीन
फौजजस्तो प्रतीत हुन्छ ।

त्यसैले,
किन हो किन महाशय
अचेल मलाई
विरोध गर्नै सबैलाई अपराधी करार गर्दै
खुलमखुल्ला
हाम्रो सपना निमोठ्न उद्यत
यो देशको
लाचार सरकारभन्दा त
आफ्नो धर्ममा सदैव निष्ठावान्
चोर नै इमानदार लाग्छ ।

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार

Published

on

By

कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।

गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।

‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’

Continue Reading

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

By

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

By

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending