Connect with us
Advertisement

अभिभावक बनेका जनप्रतिनिधिमा संक्रमणको डर (शृङ्खला १)

Published

on

सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि बन्दाबन्दी (लकडाउन) गरेका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, अतिविपन्न परिवारलाई स्थानीय सरकारमार्फत् राहत वितरण कार्य भइरहेको अवस्थामा जनप्रतिनिधिले कसरी काम गर्दै छन् ।
दैनिक सयौँ व्यक्तिसँग सम्पर्क गर्नुपर्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षाको अवस्था के छ भनी जनतासँग प्रत्यक्ष सम्पर्क हुने स्थानीय तहका जनप्रतिनिधिका बारेमा बुझ्ने कोशिस गरेका छौँ ।

अप्ठ्यारो परेकालाई पहिले सहयोग गर्ने भावनाको सबैले विकास गर्नुपर्छः

रोशनप्रसाद ढकाल, वडाध्यक्ष, सुन्दरहरैंचा– १२

कोरोना महामारी रोक्न लगाइएको लकडाउनबाट पीडित परिवारलाई राहत लिएर हामी निरन्तर गइरहेका छौँ । पहिलो चरणमा हामीले ४ सय परिवारलाई राहत वितरण गरिसकेका छौँ । हाम्रो वडामा ८ सय १० परिवार राहत दिनुपर्ने अवस्थाका छन् । यसमध्येबाट पनि छनोट गरी दैनिक हातमुख जोर्न समस्या भएको परिवारलाई दिइने गरिएको छ ।

वडाबासीका साथै अन्य स्थानीय तहका नागरिक पनि फेला परेकाले उनीहरुलाई पनि मानवताको नाताले राहत वितरण गरिएको छ । लकडाउनका कारण छिमेकी जिल्लामा जान नपाएकालाई सम्बन्धित ठाउँमा पुर्याएका छाँै । वडा नम्बर १२ मा खोर्साने टोल, सिद्धेश्वर टोल, शुक्रबारे टोल, संगम टोल गरी टोल विभाजन गरी राहत दिइएको छ ।
कोरोना र लकडाउनको बारेमा सबै जना जानकार भएको देखिन्छ । लकडाउनका कारण यो रोगबारे बुझ्ने क्रम अझ बढेको छ । नागरिक सुरक्षित बन्दैछन् । तर पनि गाउँमा सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गरेर काम गर्ने थोरै पाइन्छन् । धेरैले मास्कको मात्र प्रयोग गरेका छन् । हामीले बस्तीमा उपलब्ध भएसम्म त्यस्ता सामग्री वितरण गरिरहेका छौँ ।

हामी जनप्रतिनिधिलाई पनि मास्क, सेनिटाइजर र पञ्जामात्रै उपलब्ध छ । दैनिक सयौं संख्यामा प्रत्यक्ष नागरिकसँग भेट हुँदा समस्या छ । उपलब्ध खाद्य सामग्रीलाई सही तरिकाले लक्षित व्यक्तिसम्म पुर्याउन लागि परेका छौँ ।

दाताले दिएको रकमको एक पैसा पनि तलमाथि, पक्षपात नगरी वितरण गर्नेछौँ । सबैलाई अनुरोध पनि गर्छु मसँग अहिले आज खान छ भने भोलिको दिन राम्रो आउँछ भनेर कल्पना गर्ने हो र सेवा पनि गर्नुपर्ने हो । म भन्दा अर्को साथीलाई अप्ठ्यारो परेको छ भने पहिले त्यसलाई सहयोग गर्ने भावनाको सबैले विकास गर्नुपर्छ । राजनीतिक रूपमा वितरण गर्ने होइन अहिलेको पीडालाई कसरी जित्ने भनेर लाग्नु पर्छ ।
अउँदै गरेको नयाँ वर्षमा यो भाइरससँगको लडाइँ जितेर सबैले मनाउँला अहिले भने सबैलाई घरमै बसेर सामान्य शुभकामना मात्र आदानप्रदान गर्न अनुरोध गर्दछु ।

बस्तीमा रोगबाट भन्दा पनि भोकबाट कसरी बच्ने भन्नेमात्र देखिन्छ
जीवनप्रसाद ढुंगाना, वडाध्यक्ष, सुन्दरहरैंचा– ३


वडा नम्बर ३ मा ज्याला मजदुरी गरेर जीवन चलाउनेको संख्या धेरै छ । पहिलो चरणमा राहत बाँड्दा स्थायी बसोबास गर्नेलाई प्राथमिकता दिएर ४ सय ९२ परिवारलाई राहत बाँडेका थियौँ । भाडामा बस्नेलाई दिइएको छैन । खोलामा काम गर्नेको संख्या पनि धेरै भएकाले यो संख्या पनि बढ्ने देखिएको छ । हामीले भाडामा बस्नेको पनि लगत संकलन कार्य थालेका छौँ । लकडाउनको अवधि लम्बिँदै गएकाले राहत पाउने व्यक्ति पनि थपिँदै गएका छन् ।

गाउँमा जाँदा कोरोनाको संक्रमणबाट सुरक्षित हुन केन्द्र र प्रदेश सरकारले केही उपलब्ध गराएको छैन नगरपालिकाले पञ्जा दिएको छ । आफैँले सेनिटाइजर किनेर हातमा लगाएर हिँड्छौँ । दिनमा ३÷४ सय नागरिकसँग प्रत्यक्ष सम्पर्क हुन्छ । भारतबाट वा अन्य मुलुकबाट आएका नागरिकलाई खोज्न जाँदा धेरै व्यक्तिसँग सम्पर्क हुने गर्दछ । जनप्रतिनिधि हौँ जनताको कसम खाएर सेवामा लागेको हुँदा धेरै जोखिम मोलेर पनि काम गरिरहेका छौँ ।

हामीले बाहिरी मुलुकबाट आएका २३ जना लाई स्वास्थ्यजाँचका लागि पठाएकामा २ जनालाई टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको छ भने अरु व्यक्ति होम क्वारेन्टाइन अर्थात् घरमै सुरक्षित बसेका छन् । हामी ती व्यक्तिसँग पनि सम्पर्कमै छौँ ।

विश्वका धनी राष्ट्रले भोगेका उनीहरुको दयनीय अवस्था देख्दा हामीले महसुस गरेका छौँ सरकारले कमसेकम स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्नेको बारेमा सोच्नुपर्छ । जनप्रतिनिधिहरु जनताको प्रत्यक्ष सम्पर्कमा रहने हुनाले खतरामा छन् उनीहरुलाई संक्रमण हुन सक्छ भनेर नेपाल सरकारले सोचेको देखिँदैन ।

गाउँगाउँमा हामी राहत लिएर जाँदा या लगत संकलन गर्न जाँदा धेरै लामो लकडाउन भएको भनी गुनासो गरेको पनि पाइन्छ । तर अशिक्षित बस्तीहरुमा यसको प्रभाव खासै देखिँदैन उनीहरु रोगबाट भन्दा पनि भोकबाट कसरी बच्ने भन्नेमात्र देखिन्छ । उनीहरुको पहिलो आवश्यकता भोक टार्ने मात्र भएको पाइन्छ ।

यो असहज परिस्थितिमा पनि हामी राहत बाँडिरहेका छौँ । केही ठाउँमा असहजता देखिए त्यसलाई सहजतातर्फ लैजानेछौँ । सरकारले यो लकडाउनको अवधि बढाएर जानुपर्ने देखिन्छ । नयाँ वर्ष हामी आफैँमा मात्र सीमित भएर मनाऔँ, कुनै भीडभाड गर्नुहुँदैन । लकडाउनको पालना गर्नुपर्छ । सबैलाई नयाँ वर्षको शुभकामना ।

 

राहत पाउनेले हस्ताक्षर गर्न नसक्दा हात समातेर ल्याप्चे लगाउनुपर्छ
उर्मिला शर्मा रिजाल  कार्यपालिका सदस्य, सुन्दरहरैंचा


हामीले वडाको टोलटोलमा र घरघरमा गएर राहत उपलब्ध गरायौँ । पहिलो र दोस्रो चरणमा ४ सय परिवारलाई बाँडिएको छ । हामी गाउँमा जाँदा मेरो पनि छुट्यो भन्ने धेरै जनाले भन्नुहुन्छ । हामीले घर हेरेर परिवार हेरेर सकेसम्म पाउनैपर्नेलाई राहत दिएका छाँै । पहिले हामीले डेरामा बस्नेलाई नदिने भनेका थियौँ । पछि लकडाउन लम्बिएसँगै उनीहरुलाई पनि दिन थालिएको छ ।
हामी आफू पनि सँगै जाने हुनाले हामीले विपन्न परिवार पहिचान गरेर नै राहत उपलब्ध गराएका छौँ । कुनै व्यक्तिलाई झुक्किएर दिइएको भए बेग्लै कुरा हो नियतवश हुँदैन । हामी सकेसम्म विपन्न परिवारलाई मात्र दिन्छौँ । गाउँगाउँमा जाँदा हामी साबुनपानीले हात धुनुपर्ने जानकारी गराउँछौँ । सबै गाउँमा साबुनपानी प्रयोग कम मात्रामा गरेको पाइन्छ ।

राहत सामग्री बाँड्ने एकदमै जोखिममा छौँ । राहत पाउनेले हस्ताक्षर गर्न नसक्दा वा नजान्दा हात समातेर ल्याप्चे लगाउनुपर्ने हुन्छ । के गर्नु भरसक आफू पनि जोगिएर उनीहरुलाई पनि सचेत गराउँदै काम गरिरहेका छौँ । मास्क, पञ्जा, सेनिटाइजर प्रयोग गरेर आफूलाई व्यवस्थित गरेर हिँडिरहेका छौँ ।

डराएर हामी जनप्रतिनिधि घरभित्र बस्ने अवस्था पनि छैन । खान नपाउनेलाई दिनैपर्छ । हामीले जति सेवा गरे पनि जनताका लागि कम नै हुन्छ । हामी सधँै जनताप्रति समर्पित रहेर कम गर्नेछौँ । आउने नयाँ वर्षमा कसैले धेरै ठूलो कार्यक्रम नगरी आफँैमा मात्र सीमित रहेर मनाउनु होला । हार्दिक शुभकामना ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

By

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending