Connect with us
Advertisement

अस्ट्रेलियामा अभर परेका विद्यार्थीलाई निःशुल्क खाना खुवाउने काभ्रेली व्यवसायी

Published

on

विराटचोकः काभ्रेको पनौती घर भएका अशोक तिमल्सिनाले अस्ट्रेलियाको राजधानी सिड्नीमा खानेकुरा खान नपाई समस्यामा परेका नेपाली विद्यार्थीलाई निःशुल्क खाना खुवाउने बताएका छन् ।

खाली पेट नसुतौँ भन्दै मंगलबार बिहान ७ बजेर २४ मिनेटमा फेसबुक लाइभामार्फत् उनले निःशुल्क खाना खुवाउने घोषणा गरेका हुन् । उनका अनुसार अस्ट्रेलियामा उनले २ ओटा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् ।

मेरिल्याण्डमा र टप राइडमा रहेका उनका ती रेस्टुरेन्टमा नेपाली विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाइएको उनले सो फेसबुक लाइभमा बताएका छन् । समस्यामा परेर खाना खान आउनेको फोटो तथा भिडियो नखिचिने र यति मानिसलाई निःशुल्क खाना खुवाइयो भनेर कतै पनि प्रचार नगरिने उनले बताएका छन् ।

अस्ट्रेलियन सरकारले कोभिड १९ को रोकथामको लागि अपनाएका नियमको पालना गरेर रेस्टुरेन्टसम्म आउन उनले आग्रह गरेका छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म खाना खुवाउने व्यवस्था मिलाएको र सरकारले रेस्टुरेन्ट बन्द गर्ने निर्णय गर्याे भने मात्रै आफूले सहयोग गर्न नसक्ने उनले बताएका छन् । उनको सो भिडियो १ लाख ४२ हजार भन्दा बढी मानिसले हेरेका छन् ।

https://www.facebook.com/ashok.k.timalsina.Nepali?__tn__=%2CdlC-R-R&eid=ARBZgT5_FzHhW7wxxQRTEBgiNuoMfvbj0WQmdPomTJOSmk0-KIEw6l0vUJM-l4lDGWT-U2oIMLLNV-p-&hc_ref=ARTom6nmISYJvvABNo4evwlLKdqwooQ8TflW0Boc8u3wZdrkJCdXBnn-Gj2R0oBOlsk

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

Published

on

By

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो ।

एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।

अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ ।

Continue Reading

Banner

महाकुम्भमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु

Published

on

By

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।

भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझमात्रै ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएका हुन् ।कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।

केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।

Continue Reading

Banner

पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गयो

Published

on

By

पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आउँदा दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पन्जाबमा शुक्रवारदेखि आइतवारसम्म चट्याङ लागेर २१ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न र क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न भन्नुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने गर्छ

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending