शिक्षा / स्वास्थ्य
प्रविधिमैत्री शिक्षक समाज मोरङको सक्रियतामा भर्चुअल कक्षा सञ्चालन

विराटचोकः संकटको यस घडीलाई अवसरमा बदल्दै प्रविधिमैत्री शिक्षक समाज मोरङ्ले स्वतस्फूर्त रूपमा प्रविधि सिक्न इच्छुक शिक्षकहरूलाई सम्पर्क गर्दै प्रविधिमैत्री समाज मोरङले स्वयम्सेवी तालीम कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हालै स्थापित यो समाजले सामाजिक विकास मन्त्रालयको समन्वयमा केही समय अघि १ सय ओटा विद्यालयको छनोट भएका शिक्षक प्रतिनिधिका लागि तालीमको समन्वय गरेको थियो । हाल सञ्चालन भइरहेको भर्चुअल कक्षा प्रविधिमैत्री समाज मोरङका संयोजक चेतनाथ निरौलाको संयोजनमा भइरहेको समाजले जनाएको छ ।
त्यस्तै, सुकुना बहुमुखी क्याम्पसका शिक्षण सहायक धर्मकुमारी कालाखेतीले सहजीकरण गरेकी छिन् । कालाखेती प्रविधि तालीमको प्रदेश रोष्टर प्रशिक्षक हुन् भने निरौला नेल्टा प्रदेश नं. १ का महासचिव हुन् । निःशुल्क सञ्चालित यो तालिम जुम कनफरेन्स टुल मार्फत् सञ्चालित भएको समाजले जनाएको छ । कार्यक्रममा सबै स्तरका शिक्षकका लागि मिटिङ आइडी र पासवर्ड हाललाई खुला नै राखिएको बताइएको छ ।
प्रविधिका असीमित क्षेत्र भएका कारण प्रशिक्षणका लागि प्रविधिको खास क्षेत्रमा रुचि र दक्षता हासिल भएका विशेषज्ञलाई प्राथमिकता दिने, आवश्यक परेको समयमा आफैँ सहभागी हुने, सिक्ने र सिकाउने, अनुभव आदान प्रदान गर्ने पद्धतिबाट कार्यक्रम सञ्चालन भइरहेको छ । सहभागी शिक्षकको क्षमता स्तर र मागलाई ध्यान दिँदै कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
कार्यक्रममा हालसम्म हरि पौडेल, टीका ढकाल, लोकबहादुर लिम्बू, देवराज सापकोटा, टंक भट्टराई र धर्मकुमारी कालाखेतीले प्रशिक्षण दिएका छन् । धेरै विशेषज्ञका अनुभव लिने र प्रविधिमा भोक जगाउने १ दर्जन अनलाइन कक्षा सञ्चालन भइसकेका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिने समेत समाजको लक्ष्य रहेको बताइएको छ ।
बिहान ११ बजेदेखि सञ्चालन भइरहेको यो तालीमले शिक्षकको प्रविधि क्षमतामा सहयोग गरेको समाजले जनाएको छ । स्थानीय सरकारी निकायले गर्नुपर्ने कार्यमा प्रविधिमैत्री समाज मोरङले ठूलो सहयोग गरेकाले यस्ता अभ्यासलाई स्थानीय सरकार र पेशागत सङ्गठनहरूले समेत प्रोत्साहित गर्नुपर्ने सुझाव नेल्टाको प्रदेश नं. १ का सभापति एनपी भण्डारीको रहेको छ ।
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login