पर्यटन
कञ्चनजंघामा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको निधन

विराटचोकः विश्वको तेस्रो शिखर कञ्चनजंघा पहिलो पटक आरोहण गर्ने जोइ ब्राउनको ८९ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
ब्राउनसँगै जर्ज ब्याण्डले ११ जेठ २०१२ मा कञ्चनजंघाको आरोहण गरेका थिए । अर्का आरोही ब्याण्डको सन् २०११ अगस्ट २६ मा निधन भएको थियो ।
बेलायतको वेल्स राज्यको लियानबेरिज गाउँमा जोइको निधन भएको हो । नेपालको कञ्चनजंघाको आरोहण गर्ने आरोहीको बारेमा पहिलो पटक नेपाली मिडियामा अन्तर्वार्ता लिने क्रममा रहेको बेला भएको उनको निधनले आफूलाई मर्माहत बनाएको पर्यटन पत्रकार विराट अनुपमले बताएका छन् ।
उनको निधनले कञ्चनजंघा गाथा नेपाली समाजमा सुनाउने लक्ष्य पूरा नभएको अनुपमले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।
लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।
लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।
सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
Banner
मंसिरमा विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने

काठमाडौंः भर्खर विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने घोषणा गरेको छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएको हो ।
बुद्ध एयरले काठमाडौं–पोखरा रूटको दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेको जनाएको छ । बुद्धले यो उपहार १० जोडीलाई दिने बताएको छ ।
यस उपहारका लागि भने बुद्ध एयरमार्फत् नै टिकट काट्नुपर्ने र विवाहको दिन बेहुलाबेहुलीले यात्रा गरेको तस्बिर अनिवार्य हुनुपर्नेछ । टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएको र बुद्ध एयरको प्रयोग गरिएको हुनुपर्ने बताइएको छ ।
Banner
नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल घुम्न आए

काठमाडौंः अध्यागमन विभागका अनुसार नेपालमा नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन् ।
विभागले पर्यटन बोर्डलाई बुझाएको विवरणअनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना, चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८ जना र अष्ट्रेलियाबाट ५ हजार ६० जना पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख १८ हजार ३ सय ८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login