Connect with us
Advertisement

११ हजार वैज्ञानिकद्धारा जलवायु आपतकालको घोषणा

Published

on

विराटचोकः एकातिर जलवायु परिवर्तनलाई लिएर अमेरिका पेरिस सम्झौताबाट बाहिरिने औपचारिक घोषणा गरेको छ भने अर्कातर्फ १ सय ५३ देशका ११ हजारभन्दा धेरै वैज्ञानिकहरुले जलवायु आपतकालको घोषणा गरेका छन् ।

यदि भू(धरातलको संरक्षणका लागि तत्काल कदम नउठाएमा ‘सहन नसकिने विपत्ति’ हुन सक्ने भन्दै ती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले पर्यावरणका लागि अब गम्भीर कदम उठाउन जरुरत रहेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

चीन, भारत लगायतका देशहरुमा बढ्दो प्रदुषणका बीच वैज्ञानिकहरुले बायोसाइन्स पत्रिका मा एक शोध रिपोर्ट प्रकाशित गरेर जलवायु आपतकालको घोषणा गरेका हुन् । ती वैज्ञानिकहरुले जलवायु आपतबाट बच्नका लागि ६ वटा सुझाव दिएका छन् ।

जसमा नवीकरणीय उर्जाको प्रयोगमा जोड, मिथेन ग्यास जस्ता प्रदुषण कारक तत्वहरुलाई रोक्नु, पारिस्थितिक प्रणालीको सुरक्षा, मांसाहारी खानालाई घटाउँदै शाकाहारी तथा वनस्पतिजन्य खानामा जोड दिनुपर्ने, कार्बनमुक्त अर्थव्यवस्थाको विकास र जनसंख्या नियन्त्रण रहेका छन् ।

एजेन्सी

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, ऊर्जा संकट घोषणा

Published

on

By

१६ वैशाख, काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।

विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।

पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो । फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ ।

‘विद्युत् आपूर्ति बन्द हुनुको कारण स्पष्ट नभए पनि यसको प्रभाव निकै ठूलो छ,’ सीएनएनले लेखेको छ, ‘यातायात साधनहरु बन्द भएका छन् । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।’

युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने विद्युत अवरोधको कारण यकिन नभए पनि हालसम्म साइबर आक्रमणकोसंकेत पनि नदेखिएको बताएका छन् ।

Continue Reading

Banner

जम्मू–कश्मीरका १५ आतंकवादी क्षेत्रमा प्रहरीको छापा, पाकिस्तानी १५ युट्युब च्यानलमाथि प्रतिबन्ध

Published

on

By

नयाँ दिल्ली — भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध गरेको छ । जसमा डन न्यूज, समा टिभी र जिओ न्यूजसमेत छन् ।

यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटो र भ्रामक खबर फैलाइरहेकाले प्रतिबन्ध गर्नुपरेको सरकारले जनाएको छ ।

सरकारको यो कारबाही गृहमन्त्रालयको सिफारिसपछि गरिएको हो । केही बेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथबीच एक महत्त्वपूर्ण बैठक हुँदैछ । जम्मू–कश्मीर विधानसभामा पनि आज एक विशेष सत्र बोलाइएको छ ।

यसैबीच जम्मू–कश्मीर प्रहरीले १५ ठाउँमा छापा मारेको छ । सुत्रका अनुसार पाकिस्तानबाट आतंकवादी अभियान चलाइरहेका आतंकवादीहरुको क्षेत्रमा छापा मारिएको प्रहरीको दाबी छ ।

पाकिस्तानी फौजले पहलगाम आक्रमणपछि लगातार चौथो दिन पनि सीमा क्षेत्रमा फायरिङ गरेको छ । आइतबार मध्य रात र सोमबार बिहानै पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायरिङ गरेको दैनिक भास्करले उल्लेख गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा फायरिङ गरेको छ ।

२२ अप्रिलमा पहलगामको बेसरन घाटीमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जम्मू–कश्मीरमा अहिलेसम्म १० आतंकवादीको घरमा ब्लास्ट गरिएको छ । एनआईएले आक्रमणको जाँच गरिरहेको छ । सुत्रका अनुसार उक्त आक्रमणअघि आतंकवादीले पहिले रेकी गर्नका लागि ड्रोनको प्रयोग गरेका थिए ।

एजेन्सीहरुका अनुसार हतियार सप्लाईका लागि पनि ड्रोन प्रयोगको आशंका गरिएको छ । आक्रमणपछि आतंकवादी पुलवामा वा अनन्तनाग भागेको दाबी गरिएको छ ।

Continue Reading

Banner

इथियोपियामा खाद्य संकट गहिरिँदै ,डब्लूएफपीको कार्यक्रम रोकियो

Published

on

By

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले इथियोपियामा रहेका ६ लाख ५० हजार कुपोषित महिला र बालबालिकालाई प्रदान गर्दै आएको खाद्य सहायता आर्थिक अभावका कारण आगामी मेइ महिनाबाट रोक्नुपर्ने जानकारी गराएको छ ।

एजेन्सीले भनेको छ, ‘यदि चाँडै आर्थिक सहयोग प्राप्त भएन भने करिब ३६ लाख मानिसहरू आगामी केही साताभित्र सहायता पाउनबाट बञ्चित हुनेछन् ।’

डब्लूएफपीले सन् २०२५ मा २० लाख आमा र बालबालिकालाई पोषण सहायता पुर्‍याउने लक्ष्य लिएको थियो । तर, हाल सहयोग घट्दै गएकाले उक्त योजना प्रभावित भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि तीन महिनाका लागि सबै प्रकारका वैदेशिक सहायता रोक्ने आदेश दिएपछि डब्लूएफपीसहितका अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू आर्थिक अभावमा परेका छन् । यस्तै, अन्य केही पश्चिमी मुलुकहरूले पनि सहयोग घटाएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १३ करोड जनसंख्या भएको इथियोपियामा एक करोडभन्दा बढी मानिसहरू भोकमरीको जोखिममा छन् ।

टिग्रे क्षेत्रमा भएको गृहयुद्धका कारण लाखौँ मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस अझै विस्थापित छन् । अम्हारा र ओरोमिया प्रदेशमा जारी हिंसाका कारण पनि सयौँ हजार मानिस विस्थापित भएका छन् ।

साथै, छिमेकी मुलुकहरू सुडान र दक्षिण सुडानबाट युध्दका कारण हजारौँ शरणार्थी इथियोपियामा भित्रिँदै गर्दा अवस्था थप जटिल बन्दै गएको छ ।

डब्लुएफपीले चेतावनी दिएको छ कि आवश्यक रकम समयमै जुट्न सकेन भने आगामी असार महिनाबाट झन्डै १० लाख शरणार्थीलाई दिइँदै आएको खाद्य तथा नगद सहायता पनि रोक्नुपर्ने हुन सक्छ

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending