विश्व
अयोध्याको विवादित जमिनमा राम मन्दिर बन्ने

विराटचोकः आज भारतीय सर्वाेच्च अदालतले ऐतिहासिक अयोध्या विवादमा आफ्नो फैसला सुनाएको छ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा ५ जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो । फैसलाअनुसार विवादित सो जमिनमा राम मन्दिर बन्ने भएको छ ।
सो पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोईसँगै न्यायाधीश धनञ्जय यशवंत चन्द्रचूड, शरद अरविंद बोबडे, अशोक भूषण र अब्दुल नजीर रहेका थिए । सो अदालतले तीन महिनाभित्र केन्द्र सरकारले ट्रस्ट बनाएर राम मन्दिर निर्माणको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
फैसला सुनाउँदै प्रधानन्यायाधीश गोगोईले ऐतिहासिक यात्रा वृतान्त र सदियौँदेखि रहँदै आएको मान्यताले अयोध्या नै राम जन्मभूमि रहेको बताएका थिए ।
अदालतले मस्जिद बनाउनका लागि अयोध्यामै एक अलग ५ एकड जमिन उपलब्ध गराउन आदेश दिएको छ । राज्य सरकारसँग मिलेर केन्द्र सरकारले सुन्नी वक्फ बोर्डलाई अयोध्यामै ५ एकड जमिन उपलब्ध गराउन सर्वाेच्चले आदेश दिएको हो ।
अयोध्या विवादमा प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा ५ जना न्यायाधीशको बेञ्चले ४० दिनसम्म सुनुवाइ गरेको थियो ।
Facebook Comment
Banner
स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, ऊर्जा संकट घोषणा

१६ वैशाख, काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।
विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।
केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।
‘विद्युत् आपूर्ति बन्द हुनुको कारण स्पष्ट नभए पनि यसको प्रभाव निकै ठूलो छ,’ सीएनएनले लेखेको छ, ‘यातायात साधनहरु बन्द भएका छन् । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।’
युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने विद्युत अवरोधको कारण यकिन नभए पनि हालसम्म साइबर आक्रमणकोसंकेत पनि नदेखिएको बताएका छन् ।
Banner
जम्मू–कश्मीरका १५ आतंकवादी क्षेत्रमा प्रहरीको छापा, पाकिस्तानी १५ युट्युब च्यानलमाथि प्रतिबन्ध

नयाँ दिल्ली — भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध गरेको छ । जसमा डन न्यूज, समा टिभी र जिओ न्यूजसमेत छन् ।
यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटो र भ्रामक खबर फैलाइरहेकाले प्रतिबन्ध गर्नुपरेको सरकारले जनाएको छ ।
सरकारको यो कारबाही गृहमन्त्रालयको सिफारिसपछि गरिएको हो । केही बेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथबीच एक महत्त्वपूर्ण बैठक हुँदैछ । जम्मू–कश्मीर विधानसभामा पनि आज एक विशेष सत्र बोलाइएको छ ।
यसैबीच जम्मू–कश्मीर प्रहरीले १५ ठाउँमा छापा मारेको छ । सुत्रका अनुसार पाकिस्तानबाट आतंकवादी अभियान चलाइरहेका आतंकवादीहरुको क्षेत्रमा छापा मारिएको प्रहरीको दाबी छ ।
पाकिस्तानी फौजले पहलगाम आक्रमणपछि लगातार चौथो दिन पनि सीमा क्षेत्रमा फायरिङ गरेको छ । आइतबार मध्य रात र सोमबार बिहानै पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायरिङ गरेको दैनिक भास्करले उल्लेख गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा फायरिङ गरेको छ ।
२२ अप्रिलमा पहलगामको बेसरन घाटीमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जम्मू–कश्मीरमा अहिलेसम्म १० आतंकवादीको घरमा ब्लास्ट गरिएको छ । एनआईएले आक्रमणको जाँच गरिरहेको छ । सुत्रका अनुसार उक्त आक्रमणअघि आतंकवादीले पहिले रेकी गर्नका लागि ड्रोनको प्रयोग गरेका थिए ।
एजेन्सीहरुका अनुसार हतियार सप्लाईका लागि पनि ड्रोन प्रयोगको आशंका गरिएको छ । आक्रमणपछि आतंकवादी पुलवामा वा अनन्तनाग भागेको दाबी गरिएको छ ।
Banner
इथियोपियामा खाद्य संकट गहिरिँदै ,डब्लूएफपीको कार्यक्रम रोकियो

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले इथियोपियामा रहेका ६ लाख ५० हजार कुपोषित महिला र बालबालिकालाई प्रदान गर्दै आएको खाद्य सहायता आर्थिक अभावका कारण आगामी मेइ महिनाबाट रोक्नुपर्ने जानकारी गराएको छ ।
एजेन्सीले भनेको छ, ‘यदि चाँडै आर्थिक सहयोग प्राप्त भएन भने करिब ३६ लाख मानिसहरू आगामी केही साताभित्र सहायता पाउनबाट बञ्चित हुनेछन् ।’
डब्लूएफपीले सन् २०२५ मा २० लाख आमा र बालबालिकालाई पोषण सहायता पुर्याउने लक्ष्य लिएको थियो । तर, हाल सहयोग घट्दै गएकाले उक्त योजना प्रभावित भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि तीन महिनाका लागि सबै प्रकारका वैदेशिक सहायता रोक्ने आदेश दिएपछि डब्लूएफपीसहितका अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू आर्थिक अभावमा परेका छन् । यस्तै, अन्य केही पश्चिमी मुलुकहरूले पनि सहयोग घटाएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १३ करोड जनसंख्या भएको इथियोपियामा एक करोडभन्दा बढी मानिसहरू भोकमरीको जोखिममा छन् ।
टिग्रे क्षेत्रमा भएको गृहयुद्धका कारण लाखौँ मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस अझै विस्थापित छन् । अम्हारा र ओरोमिया प्रदेशमा जारी हिंसाका कारण पनि सयौँ हजार मानिस विस्थापित भएका छन् ।
साथै, छिमेकी मुलुकहरू सुडान र दक्षिण सुडानबाट युध्दका कारण हजारौँ शरणार्थी इथियोपियामा भित्रिँदै गर्दा अवस्था थप जटिल बन्दै गएको छ ।
डब्लुएफपीले चेतावनी दिएको छ कि आवश्यक रकम समयमै जुट्न सकेन भने आगामी असार महिनाबाट झन्डै १० लाख शरणार्थीलाई दिइँदै आएको खाद्य तथा नगद सहायता पनि रोक्नुपर्ने हुन सक्छ
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login