शिक्षा / स्वास्थ्य
युवा स्वरोजगार कोषले लकडाउन उल्लङ्घन गर्न प्रेरित नगरोस्

कोरोनाको संक्रमणको त्रासका कारण विश्वका धेरै देशमा लकडाउन गरिएको छ । लकडाउनको समयमा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । नेपालमा धेरै मानिसले लकडाउनको पालना गरेका छन् ।
यही बीचमा चैत मसान्त आउँदैछ । चैत मसान्तले नेपालको आर्थिक क्षेत्रमा धेरै महत्व राख्दछ । वित्तीय संस्थाले हरेका ३ महिनामा निकाल्ने वित्तीय विवरणअन्तर्गत तेस्रो त्रैमासिक विवरण यही चैत मसान्तभित्र तयार पार्नुपर्छ ।
हरेक मसान्तमा वित्तीय संस्थाबाट सेवा लिने सेवाग्राही पनि अलि बढी तनावमा हुन्छन् । संस्थाबाट लिएको ऋणको ब्याज, किस्ता बुझाउनुपर्ने समय पनि यही हो । चैत मसान्त आर्थिक वर्षको तेस्रो त्रैमासिकको आखिरी दिन भएकाले धेरै संस्थामा कर्जाको किस्ता र ब्याज बुझाउनेको भीड बढी हुन्छ ।
यसपटक परिस्थिति अलि फरक छ । देशमा लकडाउन छ । जसका कारण घरबाहिर निस्कन पाइँदैन । आवश्यक काम पर्दामात्रै बाहिर निस्कन मिल्ने हुनाले वित्तीय संस्थामा कर्जा तिर्ने र ब्याज बुझाउने कार्यका लागि जान पाइँदैन ।
गाउँ तथा शहरमा जताततै सहकारी संस्था खुलेका छन् । सहकारी संस्था धेरैजसो बन्द भए पनि केही संस्थाले भने बचत जम्मा गर्न र जम्मा गरिएको बचत झिक्न मात्रै सहकारी संस्था खोल्ने गरेका छन् । ती संस्थाले कर्जाको साँवा र ब्याज भने अहिले नलिने बताएका छन् । तर, यसैबीचमा सहकारीमार्फत् युवा स्वरोजगार कोषको रकम ऋण लिने ऋणी भने अलमलमा परेका छन् ।
युवा स्वरोजगार कोष सरकारी कोष हो । तर सो कोषले सहकारीमार्फत् ऋण लगानी गर्ने गर्छ । सहकारी गाउँगाउँमा पुगेका हुनाले सरकारले ग्रामीण क्षेत्रका जनताले सहजै सेवा लिन सकून् भनी सहकारीमार्फत् लगानी गर्ने नीति लिएको हो । जुन सह्रानीय कार्य हो ।
सो कोषमार्फत् गरिएको लगानीको साँवा र ब्याज तिर्ने सम्बन्धमा के गर्ने भन्ने बारेमा भने सहकारी संस्थाले केही भन्न सकेका छैनन् । सहकारीलाई सो कोषले कुनै जानकारी दिएको छैन । सो कोषको रकम परिचालन गर्नको लागि कोषले केही जिल्लामा फोकल पर्सन तोकेको छ । फोकल पर्सनले सहकारी र कोषबीच समन्वय गराउने गर्छन् । तर कतिपय जिल्लामा फोकल पर्सन नै तोकिएको छैन । त्यस्ता जिल्लामा आवश्यक परेको समयमा अर्काे जिल्लाको फोकल पर्सनलाई काजमा खटाइने गरिएको छ ।
ती फोकल पर्सनलाई पनि लकडाउनको समयमा कोषको साँवा र ब्याज कसरी बुझाउने भन्ने बारेमा कुनै जानकारी दिइएको छैन । जसका कारण सहकारी संस्थालाई उनीहरुले कुनै जानकारी दिन सकेका छैनन् । फलस्वरुप सम्बन्धित ऋणीलाई सहकारी संस्थाले ताकेता गर्न थालेका छन् । कोषको साँवा र ब्याज बुझाउन अब २ दिन बाँकी छ ।
यस विषयमा कोषले गम्भीर भएर नसोचेको पाइन्छ । लकडाउनको समयमा ऋणी कसरी सम्बन्धित संस्थामा पुगेर साँवा र ब्याज चुक्ता गर्न सक्छ ? स्पष्ट निर्देशन नआएको हुँदा सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्न युवा स्वरोजगार कोषले बाध्य पार्दैछ । २ साताभन्दा लामो समयदेखि लकडाउन जारी रहेकाले कोषबाट ऋण लिएर व्यवसाय गर्नेलाई साँवा र ब्याज बुझाउन पनि गाह्रो छ भन्ने कोषले बुझ्नुपर्ने हो । यस्तो पीडाको अवस्थामा थप पीडा दिने काम युवा स्वरोजगार कोषले गरिरहेको छ ।
त्यसैले सरकारले आजै निर्णय लिनु जरुरी छ । युवा स्वरोजगार कोषबाट ऋण लिने व्यवसायीले चैत मसान्तसम्मको साँवा र ब्याज बुझाउने समय सरकारले तोकिदिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले साँवा र ब्याज बुझाउने सीमा बढाएजस्तो कोषले पनि समयसीमा बढाउनुपर्छ । होइन भने त सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्दै युवा व्यवसायी सहकारी संस्थासम्म पुगेर व्यवसाय बन्द भएको महिनाको ब्याज र ऋणको किस्ता बुझाउनुपर्ने अवस्था आएको छ । यसतर्फ सोच्न ढिलो भइसकेन र ? लकडाउन उल्लङ्घन गर्ने काममा युवा स्वरोजगार कोषले प्रेरित नगरोस् ।
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login