Connect with us
Advertisement

लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)

Published

on

विराटचोकः विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले देशमा बन्दाबन्दी अर्थात् (लकडाउन)को तेस्रो हप्ता चलिरहेको छ । नेपालका विभिन्न जिल्ला तथा विदेशमा छरिएर रहेका नेपाली साहित्यकारकोे विचार र उनीहरूको मनोभावना बुझ्ने प्रयास हामीले गरेका छौं । जसमा नेपाल तथा नेपाल बाहिर विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूका अनुसार यसरी दिन बित्दैछ तेस्रो हप्ताको लकडाउनमा ।

मोरङको झोराहाटका नाट्यकार तथा कवि भरत गुरागाईँ लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने बताउँछन् । लकडाउनको निर्णय सरकारको अति नै उत्कृष्ट कार्य भएको उनको भनाइ छ । स्थानीय सरकारबाट राहत वितरण भइरहेको पनि उनले जानकारी दिए । साहित्यिक कार्यक्रम ‘साहित्यको डबली’ फेसबुकमार्फत् सञ्चालन गरिरहेको र धेरै साहित्यिक स्रष्टाहरूका रचना आफैं वाचन गर्दै सबै माझ पुर्याइरहेको उनको भनाइ छ ।

मोरङको विराटचोकका कवि छवि ‘वैरागी’ घिमिरेले आआफ्नो क्षेत्रबाट सकेको सहयोग स्थानीय सरकारलाई गर्नु सबैको दायित्व भएको बताए । सरकारले पनि दलगत स्वार्थमा होइन सबैसित सल्लाह गरेर काम गर्नुपर्ने उनको भनाइ छ । हाल वितरण भइरहेको राहत दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने जनताले पाउनुुपर्ने र वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने धारणा उनको छ ।

बेलायतमा रहेकी सीता घिमिरेले त्यहाँ धेरै व्यक्ति संक्रमित भएको र कडा लकडाउन सरकारले गरेको बताइन् । आफू सुरक्षित रहेको जनाउँदै नेपालीले लकडाउनको पूर्ण पालना गर्नुपर्ने बताइन् । सरकारले सबै नाका बन्द गर्नुपर्ने र हवाई उडान अझै केही दिनका लागि बन्द गर्नुपर्ने उनको सुझाव छ ।

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

 

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार

Published

on

By

कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापित गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाउनुभएको हो ।

गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाउनुभएको हो ।

‘म गाउँले बनाएको कवि हुँ’, पुरस्कृत भएपछि कवि सिजन श्रेष्ठले भन्नुभयो, ‘ज्यादै प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा मैले कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान र मूल्याङ्कन भएको महसुस गर्दै कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको छु ।’

Continue Reading

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

By

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

By

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending